शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एडिबीबाट वित्तीय व्यवस्थापन नभए नेपाली जनताको लगानीमा बनाउने तयारी

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
0
एडिबीबाट वित्तीय व्यवस्थापन नभए नेपाली जनताको लगानीमा बनाउने तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंक र एडिबीबाट वित्तीय व्यवस्थापन नभए नेपाली जनताको लगानीमा बनाउने तयारी रहेको जनाउनुभएको छ ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंकको नेतृत्वमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट आगामी जुन (असार) भित्रमा वित्तीय व्यवस्थापन गर्नेगरी प्रक्रिया अगाडि बढिरहेको बताउनुभएको हो । उहाँले असारभित्र पनि वित्तीय व्यवस्थापन हुन नसके स्वदेशी बैंक तथा वित्तीय संस्था र नेपाली जनताको लगानीमा माथिल्लो तामाकोशीको मोडलमा निर्माण गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।

उहाँले प्राधिकरणले माथिल्लो अरुण जलविद्युत आयोजनालाई नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लावासी, सर्वसाधारणको सेयर लगानी, अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलितपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहने गरी ‘ब्लेन्डेड फाइनान्सिङ’ (मिश्रित लगानी) को नमूना परियोजनाको रूपमा अगाडि बढाउन खोजिरहेको पनि जनाउनुभयो ।

कार्यकारी निर्देशक घिसिङले एक हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना नेपालका लागि अत्यावश्यक रहेको भन्दै तत्काल बन्न जरुरी रहेको जानकारी दिनुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्नुहुँदै उहाँले विश्व बैंक, एडिबी लगायत अन्य विकास साझेदारहरुबाट वित्तीय व्यवस्थापन नभए आयोजना नेपाली जनता र नेपालका वित्तीय संस्थाहरुबाट नै बन्नसक्ने अवस्था रहेको पनि जनाउनुभयो ।

उहाँले अहिले आयोजनास्थलमा निर्माण पूर्वको तयारी भइरहेको भन्दै आयोजनाको वित्तीय व्यवस्था गरी जतिसक्दो छिट्टो निर्माणमा लैजान जरुरी रहेको औंल्याउनुभयो । उहाँले आयोजना निर्माणका लागि ५३ अर्बको सम्झौता भइसकेको पनि बताउनुभयो । उहाँले दुधकोशी पनि ६७० मेगावट आयोजनाको तयारी पूरा भएको पनि जानकारी दिनुभयो ।

‘‘अप्पर अरुण बनाउनका लागि विश्व बैंक, एडबी लगायत अरु डेभलोपमेण्ट पार्टनरहरुले फाइनान्सिङ सम्भव भएन भने यो आयोजना नेपाली जनता र नेपालका वित्तीय संस्थाहरुबाट नै बन्छ । यो माथिल्लो तामाकोशीको मोडलमा बन्छ । देशविदेशमा भएका नेपाली जनताको लगानी माथिल्लो अरुणमा लगानी गर्न अगाडि बढाउँछौं ।,’’ उहाँले भन्नुभयो, ‘‘आयोजना निर्माणका लागि ५३ अर्बको सम्झौता भइसकेको छ । दुधकोशी पनि ६७० मेगावट आयोजनाको तयारी सम्पूर्ण रुपमा पूरा भएको छ ।’’

कार्यकारी निर्देशक घिसिङले नेपालमा उत्पादित विद्युत गुणस्तरीय सप्लाईका लागि आवश्य ट्रान्समिसन लाइनहरु पनि क्रमिक रुपमा बनाउँदै गएको जनाउनुभयो ।

उहाँले प्राधिकरणले बनाउन सुरु गरेको ट्रान्समिसन लाइनहरु प्रायः सम्पन्न हुने तयारीमा रहेको जानकारी दिनुभयो । उहाँले बुटवलदेखि बर्दघाटसम्मको १२० के.भीको ट्रान्समिसन पनि सम्पन्न भएको जनाउनुभयो ।

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘‘तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजना समयमै सम्पन्न हुँदा नेपालको रिजर्भर आयोजनामा ठुलो योगदान गर्छ । ट्रान्समिसन लाइनमा बुटवलदेखि बर्दघाटसम्मको १२० केभीको ट्रान्समिसनलाई लामो समयदेखि सम्पन्न भएको थिएन । अहिले सम्पन्न गरेर चार्ज भएपछि म्यादीको दानादेखि कुशमा हुँदै बुटवल भरतपुरसम्म पूर्णरुपमा चार्ज भयो । पावर निर्यात गर्नलाई ठुलो सहयोग गर्छ । ठुलो नेटवर्क बनेको छ हेटौँडादेखि ४०० के.भी सकिन लागेको छ । प्राधिकरणले सुरु गरेको ट्रान्समिसनलाई सबै सम्पन्न हुने चरणमा छ ।’’

यो पनि पढ्नुहोस्

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

२ घण्टा अगाडि
अत्तरियामा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु

अत्तरियामा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

नेपाललाई हिन्दुराष्ट् बनाउने भारतको कसरत

आज चार समितिकाे बैठक बस्दै

सांसदहरुलाई फेरि बजेट ? अदालतको अवहेलना हो कि हैन ?

सुनको मूल्य वृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक