शनि, भदौ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

नर्भिकमा ‘प्रोगामेबल शन्ट सिस्टम’ विधिद्वारा उपचार सुरु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नर्भिक हस्पिटलले उपचार सेवामा भारी छुट स्कीम ल्यायाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नर्भिक इन्टरनेसनल अस्पतालमा टाउकोको पानी जम्ने समस्याको शन्ट शल्यक्रिया गरेकाहरुका लागि ‘प्रोगामेबल शन्ट सिस्टम’ विधिद्वारा उपचार सुरु गरिएको छ।

टाउकोमा पानी जम्ने समस्या भएकाहरुलाई शन्ट शल्यक्रियामार्फत पातलो पाइप टाउको पछाडिबाट छालामुनि हुँदै पेटमा लगेर पानी सोसाउने गरिन्छ। कहिलेकाहीँ जति पानी निस्कनुपर्ने हो निस्कँदैन या पानी बढ्दै जाने हुन्छ। यस्ता बिरामीहरुलाई पुनः शल्यक्रिया गर्नुको साटो छाला बाहिरबाटै टाउकोको पानीलाई नियन्त्रण गर्ने (बढी गर्ने या कम गर्ने) ‘प्रोग्रामेबल शन्ट सिस्टम’ विधिबाट नर्भिकमा उपचार सुरु भएको हो।

अस्पतालका सिनियर कन्सल्टेन्ट न्यूरोसर्जन प्राडा राजीव झा नेतृत्वको टोलीले हालै यो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो। ‘अहिलेसम्म यो समस्याको उपचारका लागि बिरामीहरु विदेश जानुपर्ने बाध्यता थियो,’ शल्यक्रियामा संलग्न प्राडा झाले भने, ‘टाउकोको पानी बग्ने समस्यामा पटक–पटक पाइप फेर्ने झन्झटबाट मुक्तिका लागि प्रोगामेबल शन्ट सिस्टम सुरु गरेका हौं।’

यो विधिअनुसार उपचार गर्दा पुनः शल्यक्रिया गर्नुनपर्ने र शन्ट सर्जरीका क्रममा राखिएका पाइपलाई पनि फेर्नु नपर्ने उनले बताए।

के कारणले जम्छ टाउकोमा पानी?
टाउकोमा पानी जम्ने समस्यालाई हाइड्रोसेफालस भनिन्छ। जन्मजात मष्तिष्कको समस्या अर्थात् कन्जनाइटल हाइड्रोसेफालस, टाउकोमा मेनिन्जाइटिस इन्सेफलाइटिसजस्ता संक्रमण, टाउकोमा चोटपटक लागेर (पोस्ट ट्रमाटिक हाइड्रोसेफालस), ब्रेन हेमरेज तथा ब्रेन ट्युमरजस्ता प्रमुख ५ कारणले टाउकोमा पानी जम्न सक्छन्।

ट्युमरका कारण पानी जमेको छ भने ट्युमर निकालिसकेपछि पानी आफैं बग्छ भने संक्रमण भएको, ब्रेन हेमरेज भएको र जन्मजात मष्तिष्कको समस्या भएको अवस्थामा भने पानी तर्काउनुपर्छ, जसलाई सीएसएफ (सेरेब्रो स्पाइनल फ्लुड) डाइभर्जन सर्जरी भनिन्छ। यस्तो सर्जरीमध्ये एउटाको भीपी शन्ट (भेन्ट्रीकुलोपेरिटोनियल शन्ट) हो, जसमा पाइप टाउकोबाट लगेर पेटमा राखिन्छ। अर्को इन्डोस्कोपिक सर्जरी हो।

यस्ताे छ टाउकोमा पानी जम्ने लक्षण ?
जन्मजात मष्तिष्कको समस्या अर्थात् कन्जनाइटल हाइड्रोसेफालस भएकाहरुमा बच्चा जन्मिएपछि टाउकोको आकार ठूलो हुँदै जाने, तालु कडा हुने (सामान्य शिशुमा तालु नरम हुन्छ), बढी रुने, खान गाह्रो मान्ने, बान्ता हुने जस्ता समस्या देखिन्छन्। लामो समय पानी जम्दै गयो भने मस्तिष्क भित्रको दबाबका कारण बच्चा नबोल्ने, आँखा देख्न कम हुने र अन्त्यमा दृष्टिविहीनसम्म हुने हुन्छ।

यदि शिशुहरुको टाउको असामान्य रुपमा ठूलो छ, अरु शिशुजस्तो हाँस्ने तथा दूध पिउने गर्दैनन् या बढी रुने गर्छन् भने टाउकोमा पानी जमेको लक्षण हुन सक्छन्, बेलैमा ध्यान पुर्‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍याउनुपर्छ।

वयस्कमा पनि टाउको दुख्ने, बान्ता हुने, आँखा तिरिमिरी हुने, हिँड्न गाह्रो हुनेजस्ता लक्षण देखिन्छन् भने वृद्धवृद्धामा पिसाब नियन्त्रण गर्न नसक्ने, स्मरणशक्ति ह्रास भएर जाने, हिँडडुल गर्न नसक्ने हुन्छन्।

सीटी स्क्यान, एमआरआई तथा अल्ट्रासाउन्डमार्फत टाउकोमा पानी जमे–नजमेको पहिचान गर्न सकिन्छ।

यो पनि पढ्नुहोस्

बाढीमा फसेका १२ जनाको उद्धार

जलविद्युत् आयोजनाका ९०९ जना कामदार बेपत्ता

४ घण्टा अगाडि
बलात्कार गरेकाे आरोपमा पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जलविद्युत् आयोजनाका ९०९ जना कामदार बेपत्ता

नेवाः स्यनामि दबूको विदाई कार्यक्रम

इस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

तीज, लैङिङ्क विभेद र केही अनुउत्तरित प्रश्नहरु         

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक