मङ्ल, जेष्ठ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

 तिलागुफा नगरपालिका साक्षर हुने नगरपालिकामा साताैँ

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
 तिलागुफा नगरपालिका साक्षर हुने नगरपालिकामा साताैँ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कालिकोट  ।  तिलागुफा नगरपालिकालाई साक्षर घोषणा गरिएको छ। बिहीबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको सहभागितामा साक्षर पालिका घोषणा गरिएको हो।

साक्षर घोषणा भएको तिलागुफा कालिकोटको सातौँ पालिका हो। अब सन्नित्रीबेनी नगरपालिका र खाँडाचक्र नगरपालिका साक्षर घोषणा हुन बाँकी छन्।

राष्ट्रिय जनगणना २०७८ अनुसार तीलागुफाको जनसंख्या १६ हजार १९७ रहेको छ। नगरपालिकामा ३६ सामुदायिक विद्यालय छन्। साक्षर पालिका घोषणा गर्ने अभियानअन्तर्गत ११ वटै वडामा सामुदायिक सिकाई केन्द्रमार्फत निरक्षर विवरणअनुसार तथ्याङ्क संकलन गरिएको थियो। जसअनुसार एक हजार ६६ जन निरक्षर रहेका छन्।

घोषणाका आधार तोकिएका १२ सूचक मध्ये ९५ प्रतिशत पूरा गरेपछि साक्षर पालिका घोषणा गरिएको नगरप्रमुख शंकरप्रसाद उपाध्यायले जनाए। उनका अनुसार नगरपालिकाले साक्षर अभियानअन्तर्गत सञ्चालन गरेका क्रियाकलापको निरन्तरता, सिपसँग जोड्न, सिकाईलाई निरन्तर प्रक्रिया रूपमा लिने र आगामी आर्थिक वर्षहरुमा निश्चित बजेट विनियोजन गरिने लगायतका प्रतिबद्धता जनाइएको छ। तिलागुफालाई आगामी आर्थिक वर्ष २०८३ / ८४ मा पूर्ण साक्षर घोषणा गर्ने लक्ष्य लिइएको छ।

मन्त्री घनश्याम भण्डारीले साक्षर नगरपालिका घोषणा सँगै पाठ्यक्रम र पाठ्यवस्तुमा लेखिएका विषयवस्तुलाई व्यावहारिक जीवनमा लागू गर्न उत्पादनशील क्षेत्रमा केन्द्रित हुनुपर्ने धारणा राखे। त्यसका लागि प्रमुख पर्यटकीय स्थल रारा जाने बाटोमै रहेको कालीकोटमा पर्यटन र जडीबुटीको क्षेत्रमा थुप्रै सम्भावना रहेको बताए। त्यसको कार्यान्वयनमा स्थानीय तहहरुले महत्त्वपूर्ण भूमिका खेल्ने उनले जनाए।

नेताहरुप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुँदै गएको बताउँदै उनले निर्वाचित जनप्रतिनिधिले गाउँ समाज बनाउनतर्फ ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गरे। जिल्ला समन्वय समितिका प्रमुख रञ्जित शाहीले स्वास्थ्य, शिक्षालाई नैसर्गिक अधिकार भनिएनुरुप कार्यान्वयनमा सबै तहका सरकार कटिबद्ध हुनुपर्ने जनाए ।

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

५ घण्टा अगाडि
आज प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सुरू 

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रियसभाको बैठक सुरु

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सुरू 

आईजीपी र एपीजीका प्रतिनिधिबीच भेट

सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक