काठमाडौं । रूपन्देही, तिलोत्तमा नगरपालिका-१४ टिकुलीगढस्थित गंगा ब्याण्डेज उद्योग प्रालिको ब्याण्डेज बनाउने मेसिनरी कोठामा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा 5 करिब ८ सय किलो कपास र २ वटा ब्याण्डेज बनाउने मेसिन जलेर करिब २२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
पर्सा, वीरगंज महानगरपालिका-१७ अलौं चोकस्थित न्यू ओम खाद्य उद्योगको कम्पाउण्डमा जडान गरिएको जेनेरेटरमा सोमबार राति आगालगी हुँदा जेनेरेटर र बोइलर प्यानल पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


