शनि, कार्तिक २२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

घुम्ती सेवाबाट ३ हजारभन्दा बढी नेपालीले सेवा लिए

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
0
घुम्ती सेवाबाट ३ हजारभन्दा बढी नेपालीले सेवा लिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोर्चुगल ।  पोर्चुगलमा सञ्चालित घुम्ती सेवा शिविरबाट तीन हजारभन्दा बढी नेपालीले सेवा लिएका छन् । फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनमा सञ्चालन गरेको घुम्ती सेवाबाट झण्डै तीन हजार तीन सय नेपालीले राहदानीलगायतका कागजात प्रमाणीकरणलसम्बन्धी (कन्सुलर) सेवा लिएको जनाइएको छ ।

घुम्ती सेवाबाट दुई हजार चार सय ५१ वटा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गरिएको टोलीले जनाएको छ । शिविरबाट छ सय ७८ वटा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट), दुई सय २९ वटा अन्य कागजात प्रमाणीकरण र राहदानी वितरण गरी झण्डै ३३ सय सेवाग्राहीलाई सेवा प्रदान गरिएको फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिए।

शिविरबाट ७७ हजार तीन सय ९० युरो अर्थात् रु एक करोड नौ लाख ११ हजार नौ सय राजस्व संकलन भएको राजदूत भट्टराईले बताए । राहदानीको पर्खाइमा रहेका र प्रहरी रिपोर्टलगायतका कागजात प्रमाणीकरणको समस्यामा परेका पोर्चुगलवासी नेपालीको सहजताका लागि घुम्ती शिविरमार्फत सेवा प्रदान गरिएको उनले बताए ।

“दूतावासको साधन र स्रोतले भ्याएसम्म पोर्चुगलवासी नेपालीलाई विशेष प्राथमिकता दिएर सेवा दिन प्रयत्नशील छौँ”, राजदूत भट्टराईले भने, “यस वर्ष २०२४ मा मात्रै पोर्चुगलमा चारपटक घुम्ती शिविर सञ्चालन गर्यौ । पेरिसबाटै पनि छिटोछरितो सेवा दिन लागिपरेका छौँ ।” आगामी दिनमा पनि आवश्यकताअनुसार पोर्चुगलमा टोली खटाएर सेवा प्रवाह गरिने उनले बताए ।

दस दिनसम्म सञ्चालन भएको शिविरबाट राहदानी वितरण र कागजात प्रमाणीकरणसम्बन्धी (कन्सुलर) सेवा प्रवाह गरिएको थियोे । घुम्ती सेवामा दूतावासकी नियोग उपप्रमुख सीता बस्नेत, तृतीय सचिव दिपेन्द्रप्रसाद साह र दूतावासका स्थानीय कर्मचारी खटिएका थिए । टोलीले डिसेम्बर १२ देखि २१ तारिखसम्म लिस्बनबाट कन्सुलर सेवा प्रदान गरेको थियो ।

घुम्ती सेवालाई यहाँ क्रियाशील नेपाली संघ संस्थाले समन्वय र सहजीकरण गरेका थिए । घुम्ती शिविरमार्फत लिस्बनबाटै सेवा पाउँदा राहदानीको पर्खाइमा रहेका र प्रहरी रिपोर्टलगायतका कागजात प्रमाणीकरणको समस्यामा परेका नेपालीलाई राहत मिलेको छ ।

यो पनि पढ्नुहोस्

दाङमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु

जिपको ठक्करबाट एक जनाको मृत्यु

८ घण्टा अगाडि
प्रादेशिक अस्पतालमा निःशुल्क उपलब्ध हुने औषधि अभाव

प्रादेशिक अस्पतालमा निःशुल्क उपलब्ध हुने औषधि अभाव

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भोलिसम्म नाटक ‘खमारीः मौन संवाद’ हेर्न सकिने

देशव्यापी मतदाता नामावली संकलन जारी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अन्तरराष्ट्रिय रेडियोलोजी दिवस मनाँइदै

जिपको ठक्करबाट एक जनाको मृत्यु

राष्ट्रिय स्वतन्त्र पार्टीको बिस्तारित बैठक चितवनमा जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक