मङ्ल, भदौ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ककनीमा थाङ्का लेखन तालिम सुरु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
ककनीमा थाङ्का लेखन तालिम सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिद्वारा आयोजित एक महिने थाङ्का लेखन तालिम सुरु भएको छ ।

शनिवार ककनीमा आर्थिक वर्ष २०८१/८२ को  कार्यक्रम अन्तर्गतको थाङ्का तालिम पुस ५ गतेदेखि सुरु भएको हो ।

नेपालमा थाङ्का चित्रकलाको संरक्षण र प्रवर्द्धनलाई थप प्रोत्साहन दिनका लागि थाङ्का लेखन तालिम सुरु गरिएको हो। तालिममा थाङ्का चित्रकलामा चासो राख्ने नयाँ तथा पुराना कलाकारलाई प्राचीन कलाको ज्ञान र सीप प्रदान गरिने आयोजक संस्थाले जनाइएको छ ।

प्रशिक्षक छेवाङ ग्याल्चन लामाले सहभागीहरूलाई थाङ्का चित्रकलाका मौलिक शैली, रङ्ग संयोजन, प्रतीकात्मक महत्त्व, र चित्रांकन प्रक्रियाका विविध चरणहरूबारे व्यावहारिक ज्ञान प्रदान गरिने बताए ।

यस्तै समितिका अध्यक्ष अध्यक्ष फुपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) ले तालिम अवधिभर प्रशिक्षार्थीहरुले चासोकासाथ सिक्नेछ भन्ने विश्वास लिइएको बताए । ‘ज्ञान र सीप सिक्न अल्छी, बहाना बनाएर सिक्न सकिँदैन’, उनले भने, ‘सिक्नका लागि जहिले पनि चासोकासाथ सिक्यो भने चाँडै सिक्ने र जान्नेछ ।’

अध्यक्ष शेर्पाले यो अवसरलाई सही सदुपयोग गरी सीप विकास गरेमा आर्थिक उपार्जनसँगै व्यावसायिकतामा अग्रसर हुन सकिने बताए ।

यसअघिका वर्षहरूमा सञ्चालित तालिमहरू सफल र सीप आर्जनमा टेवा पुर्‍याउन सहयोग पुगेकोले यसलाई निरन्तरता दिन समिति अग्रसर भएको अध्यक्ष शेर्पाको भनाइ थियो ।

कला संरक्षणको प्रयास

थाङ्का नेपाली कला र संस्कृति मात्र नभएर बौद्ध धर्मको महत्त्वपूर्ण पाटो पनि हो। यसको संरक्षणले सांस्कृतिक पहिचानलाई बलियो बनाउने विश्वास तालिम आयोजकहरूको छ। ‘यो तालिमले विशेष गरी नयाँ पुस्तालाई थाङ्काको मूल मर्म बुझ्न र यसलाई निरन्तरता दिन प्रेरित गर्नेछ,’ तालिम संयोजक लामाले बताए ।

सहभागीहरूका लागि अवसर

तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले कलामा रुचि भएको हुनुपर्छ।

यो तालिम थाङ्का कलामा चासो राख्नेहरूका लागि सुनौलो अवसर मानिएको छ। यसले नेपालमा थाङ्का चित्रकलाको संरक्षण र प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

तालिममा इलाम, काभ्रेपलान्चोक, नुवाकोट, गोरखा, बारा, झापा, सिन्धुपाल्चोक लगायतका जिल्लाहरूबाट करिब डेढ दर्जनभन्दा बढीको सहभागी भएका छन् ।

कार्यक्रममा तालिमका संयोजक रामबाबु सापकोटा, सहप्रशिक्षक सोनाम साङ्मो, समितिका म्हारसाङ तामाङ लगायतको उपस्थिति रहेको थियो ।

 

यो पनि पढ्नुहोस्

जेनजीका वास्तविक माग सम्बोधन भएकै छैन

जेनजीका वास्तविक माग सम्बोधन भएकै छैन

५० मिनेट अगाडि
रास्वपाले पार्टीको तर्फबाट कोषमा ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय

रास्वपाले पार्टीको तर्फबाट कोषमा ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

आज भारी वर्षाको सम्भावना

सप्त ऋषिको पूजा आराधना गरी मनाइदै ऋषि पञ्चमी

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन  : कांग्रेस सभापति थापा

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक