मङ्ल, भदौ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

परराष्ट्रमन्त्री राणाकाे भारत भ्रमण अनिश्चित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
परराष्ट्रमन्त्री राणाकाे भारत भ्रमण अनिश्चित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा करिब दुई हप्तादेखि युरोप भ्रमणमा छिन् ।

उनी यही पुस ५ गते नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबिच परराष्ट्रमन्त्री राणा भारत जाने चर्चा पनि चुलिएको छ । यद्यपि त्यसको औपचारिक जानकारी सार्वजनिक भइसकेको छैन । परराष्ट्र मन्त्रालय स्रोतले उनको भ्रमणबारे टुङ्गो नलागेको जनाएको छ । युरोप भ्रमणकै क्रममा परराष्ट्रमन्त्री राणा भारत जाने तयारीमा जुटेको जनाइएको छ ।

भारतमा आयोजना हुने एउटा कार्यक्रममा सहभागी हुने र आफ्नो स्वास्थ्य जाँचका लागि उनी भारत जान लागेको स्रोत जनाउँछ । स्रोतका अनुसार भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले उच्चस्तरीय भेटवार्ताको योजना बनाए पनि कार्यतालिका नमिलेका कारण उनको भ्रमण टुङ्गो लाग्न नसकेको हो ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणको विषयलाई लिएर मंगलबार परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र नेपालका लागि कार्यवाहक भारतीय राजदूत प्रसन्न श्रीवास्तवबिच भेटघाट भएको थियो ।

भेटघाटमा परराष्ट्रमन्त्री राणाको भारत भ्रमणलगायत अन्य समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ ।

यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको बारेमा भने सो भेटवार्तामा चर्चा नभएको स्रोत जनाउँछ । परराष्ट्र मन्त्रालयका ती अधिकारीले भने, ‘केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै आन्तरिक रूपमा भारत भ्रमणको तयारी चलिरहेको छ । त्यो अझै कायम छ ।’ परराष्ट्र मन्त्रालय स्रोतका अनुसार परराष्ट्रमन्त्री भारत जाने तय भएपछि मात्र भेटवार्ता लगायतका कार्यक्रम तय हुनेछन् । परराष्ट्रमन्त्री राणा बुधबार जर्मनीको एउटा कार्यक्रममा सहभागी हुँदै छिन् । सो कार्यक्रमपछि केही उच्चस्तरीय भेटघाट गरी उनी नेपाल फर्किने कार्यक्रम छ ।

यद्यपि, उनी नेपाल फर्किने कि उतैबाट भारत सकेर नेपाल फर्किने भन्ने टुङ्गो लागेको छैन । भारतमा उच्चस्तरीय भेटघाट हुने तय भएमा परराष्ट्रमन्त्री राणा भारत हुँदै नेपाल फर्किने, अन्यथा सोझै नेपाल आउने स्रोत जनाउँछ ।

यस क्रममै भारतीय विदेशमन्त्री एस.जयशंकरदेखि अन्य उच्चस्तरीय भेटघाट मिलाउने प्रयास भइरहेको स्रोतले जनाएको छ । भारतमा हुने आर्थिक सम्मेलनमा परराष्ट्रमन्त्री राणाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेलफेयर (एग्रो) को आयोजनामा पुस ५ गते हुने सो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भए पनि उच्चस्तरीय भेटवार्ताको समय नमिलेको खण्डमा उनी भारत नगई युरोपबाट सोझै नेपाल फर्किने जनाइएको छ ।

यो पनि पढ्नुहोस्

सुहाना भन्छिन्– ‘बा: एक योद्धा’ यस कारण मन पर्छ

सुहाना भन्छिन्– ‘बा: एक योद्धा’ यस कारण मन पर्छ

१० घण्टा अगाडि
सतिश महर्जनया सः सांगितिक साँझ २०८३’ सम्पन्न (भिडियाे सहित)

सतिश महर्जनया सः सांगितिक साँझ २०८३’ सम्पन्न (भिडियाे सहित)

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढ्याे

पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर पत्र

नाबालिका हत्या अभियुक्तले दिएको बयानको भिडियो सार्वजनिक भएकोप्रति आपत्ति

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक