चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले बिहीबार चितवनमा खबरदारी सभा आयोजना गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई रातारात पोखरा लैजानु मानव अधिकारकोविरुद्ध रहेको र बुधबार भएको झडपमा प्रहरीले दमन गरेको लगायत विषयमा आज खबरदारी सभा आयोजना गरेको रास्वापाले जनाएको हो।
लामिछानेलाई पुन म्याद थप गरेपछि पर्सा लैजाने प्रहरीको तयारी छ । लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध पर्साबाट पक्राउ पुर्जी जारी भएको छ ।