आइत, जेष्ठ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सि ओली भेटपछि जारी १२ बुँदे संयुक्त वक्तव्यमा के छ ?

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
Reading Time: 1 min read
0
बेइजिङमा प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटवार्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । मंगलबार प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङ, चिनियाँ समकक्षी ली छ्याङ लगायतसँग बेइजिङमा भेटवार्ता गरेका थिए ।

सो भेटपछि जारी १२ बुँदे वक्तव्यमा विगतका सम्झौता, सहमति तथा निर्णयहरूको द्रूत कार्यान्वयन गर्दै नेपाल र चीनले बेल्ट एन्ड रोड कोअपरेसन फ्रेमवर्कमा चाँडै हस्ताक्षर गर्ने प्रतिबद्धता जनाएका छन्।

‘दुवै पक्ष दुई देशले संयुक्त रूपमा सञ्चालन गरेका कार्यक्रमहरू, आयोजना र गतिविधिहरू सम्पन्न गर्नका साथै हस्ताक्षर गरेका सम्झौताहरू, सहमति र निर्णयहरूको समयमै र द्रूत कार्यान्वयन सुनिश्चित गर्न सहमत भएका छन्,’ वक्तव्यमा भनिएको छ, ‘दुवै पक्षले आ(आफ्ना विकास रणनीतिहरूको तालमेललाई बलियो बनाउन र अझ गहिरो, ठोस र उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहायतालाई अघि बढाउन सहमत भए। दुवै पक्षले हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण र बेल्ट एन्ड रोड कोअपरेसनको ढाँचा निर्माण गर्ने विषयमा जतिसक्दो चाँडो एमओयूमा हस्ताक्षर गर्न तयार रहेको बताए।’

दुवै पक्षले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा रुपान्तरण गर्नका लागि बन्दरगाह, सडक, रेलमार्ग, उड्डयन, पावर ग्रिड र दूरसञ्चारजस्ता क्षेत्रमा दुई देशबीचको सम्पर्कलाई सुदृढ गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको वक्तव्यमा उल्लेख छ।

पोखरा र लुम्बिनीमा चिनियाँ सहरबाट उडान खोल्न हवाइ उद्यमहरुलाई प्रोत्साहन गर्ने सहमति पनि भएको छ। ‘दुवै पक्ष चीन र नेपालको बीचमा नागरिक उड्डयन सम्बन्धको विकासलाई महत्त्व दिन्छन् र बजारको माग मध्यनजर गर्दै चिनियाँ सहर र पोखरा र लुम्बिनीबीच हवाई मार्ग र उडान खोल्नका लागि दुवै पक्षका हवाइ यातायात उद्यमलाई प्रोत्साहित गर्छन्,’ वक्तव्यमा भनिएको छ।

केरुङ काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनलाई अगाडि बढाउन दुवै पक्ष तयार रहेको र चीन नेपाल रेल सहकार्य सम्बन्धी नवौँ बैठक आयोजना गर्ने योजना बनेको पनि उल्लेख गरिएको छ।

‘दुवै पक्षले केरुङ–काठमाडौँ सीमापार रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययनलाई अघि बढाउने इच्छा व्यक्त गरे र चीन–नेपाल रेल सहकार्यसम्बन्धी नवौँ बैठक आयोजना गर्ने योजना बनाए,’ वक्तव्यमा भनिएको छ।

संयुक्त वक्तव्यमा चीनले अरनिको राजमार्ग मर्मतको चौथो चरणलाई अघि बढाउने, हिल्सा सिमीकोट सडक परियोजना, काठमाडौँ रिङरोड सुधार परियोजनाको दोस्रो चरण कार्यान्वयन, टोखा–छहरे सुरुङको सम्भाव्यता अध्ययन गर्ने चिनियाँ परियोजनाको अनुमोदनको सहमति भएको उल्लेख छ।

उर्जा क्षेत्रमा केरुङ–रसुवागढी–चिलिमे २२० केभी सीमापार ट्रान्समिसन लाइनको सम्भाव्यता अध्ययनलाई तीव्रता दिइने बताइएको छ। नेपाल र चीनले हस्ताक्षर भएका समझौता र लिइएका निर्णयहरुको तीव्र कार्यान्वयन सुनिश्चित गर्ने सहमति पनि गरेका छन्।

नेपालले एक चीन सिद्धान्तमा प्रतिबद्धता व्यक्त गर्दै ताइवान चीनको अभिन्न अंग भएको स्वीकारेको छ भने चीनले समृद्ध नेपाल सुखी नेपालीको सफलताको कामना गरेको छ।

यो पनि पढ्नुहोस्

‘वर्ड अफ माउथ माउथ’ राम्रो पाउँदा ‘के घर के डेरा : घर नं २’मा उच्च अकुपेन्सी

‘वर्ड अफ माउथ माउथ’ राम्रो पाउँदा ‘के घर के डेरा : घर नं २’मा उच्च अकुपेन्सी

२८ सेकेन्ड अगाडि
गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ 

गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ 

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

प्रतिनिधि सभाको बैठक आज बस्ने

गठबन्धन परिवर्तन गर्ने सोच नरहेको स्पष्ट

रविलाई गैरकानुनी थुनामा राखिएको भन्दै इजलासमा पेसी

सीपी खेतानले ८० मिलियनमा बुटिक होटल खरिद गरे

सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक : अध्यक्ष नेपाल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक