शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बिप्लवको दौडधूपले गरेको संकेत !

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
Reading Time: 1 min read
0
बिप्लवको दौडधूपले गरेको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँगको भेटघाटलाई तिव्रता दिएका छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको विप्लवसहित सो पार्टीका शीर्ष नेताहरुले बुधबार साँझ पूर्व प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।

देउवासँगको भेटमा नेकपाका महासचिव विप्लवसहित प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ उपस्थित रहेका थिए । उक्त भेटवार्तामा सरकार र विप्लव नेतृत्वको नेकपाबीच २०७७ सालमा भएको भएको तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।

नेकपाका केन्द्रीय सल्लाहकार राजेन्द्र सीका अनुसार उक्त भेटवार्तामा सत्ता गठबन्धनमा सामेल र संसद्मा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले आफूहरुसँग भएको ३ बुँदे सहमति कार्यन्वयनमा पहल लिन आग्रह गरेका थिए ।

यसैगरी महासचिव विप्लवले तीन बुँदे सहमति विपरित पछिल्लो समय गिरफ्तार परेका नेकपाका कार्यकर्तालाई तत्काल रिहा गर्न सत्ता गठबन्धनमा सामेल र संसदमा सबैभन्दा ठुलो दल रहेको हुनाले नेपाली कांग्रेसलाई विशेष पहल लिन आग्रहसमेत गरेका थिए भने नेपाल कम्युनिस्ट पार्टीले देशैभरी उत्पादनका कार्य गर्दै आएको जानकारी गराउदै उक्त उत्पादनका कार्यलाई सरकारी तवरवाट विशेष सहयोग उपलब्ध गराउनु पर्ने प्रस्ताब समेत राखेका थिए ।

सो भेटमा देउवाले तीन बुँदे सहमति कार्यन्वयनमा आफू दृढ भएको जनाउँदै सरकारसँग छलफल गरेर यसलाई छिट्टै टुङ्गोमा पुर्याउने जनाएका थिए । उनले प्रधानमन्त्री ओली चीन भ्रमण सकेर फर्केपछि यस विषयमा छलफल गर्ने र नेकपाको उत्पादन कार्यलाई सघाउने समेत प्रतिबद्धता व्यक्त गरे । लामो समय प्रतिबन्धित रहेको विप्लव समूह २०७७ साल फागुनमा सरकारसँग ३ बुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा आएको थियो ।

२०७७ साल फागुन २० मा भएको सहमति अनुसार विप्लव नेतृत्वले आफ्ना सम्पूर्ण राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा अघि बढाउने, नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने तथा सम्पूर्ण बन्दीको रिहाइ गर्ने तथा मुद्दा खारेजी गर्ने लगायत सहमति भएको थियो ।

यो पनि पढ्नुहोस्

सर्लाहीको चार स्थानीय तहले अझै ल्याएनन् बजेट  

जनतालाई निराश बनाउने बजेटको तयारी

१७ घण्टा अगाडि
अर्थमन्त्री पौडेल टिम बजेट निर्माणमा केन्द्रित

अर्थमन्त्री पौडेल टिम बजेट निर्माणमा केन्द्रित

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

नेपाललाई हिन्दुराष्ट् बनाउने भारतको कसरत

सुनको मूल्य वृद्धि

देश नै रित्तिने गरी युवाहरू विदेश पलायन तीव्र !

चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर ट्रेन्डिङको ५ नम्बरमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक