बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विवादास्पद कलाकृति८ अर्ब ३६ करोड रुपैयाँ बढीमा बिक्री

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
विवादास्पद कलाकृति८ अर्ब ३६ करोड रुपैयाँ बढीमा बिक्री
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । इटालियन कलाकार मौरिज़ियो कातेलानको विवादास्पद कलाकृति ​​‘कोमेडियन’ ६२ लाख अमेरिकी डलर (८ अर्ब ३६ करोड रुपैयाँ बढी) मा बिक्री भएको छ । न्युयोर्कस्थित सोथबीज लिलामी गृहमा रहेको कातेलानको चर्चित २०१९ को यस कलाकृतिमा एउटा केरा भित्तामा डक्ट टेपले टाँसिएको थियो ।

चिनियाँ क्रिप्टोकरेन्सी व्यवसायी जस्टिन सनले ६ प्रतिस्पर्धीलाई पछि पार्दै यो कलाकृति किनेका थिए । त्यसपछि हङकङमा हालै पत्रकार सम्मेलन गर्दै उनले उक्त केरा खाएका हुन् । उनले भने, “यो केरा खाएर म अनौठो अनुभवको हिस्सा बनाउँछु ।”

उक्त कलाकृतिमा प्रदर्शनीअघि केरा नियमित रूपमा बदलिँदै आएको थियो । सनले उक्त लिलामीमा यो कलाकृतिलाई प्रदर्शन गर्न पाउने अधिकार र केरा बदल्ने तरिकाको मार्गदर्शनको अधिकार पनि खरिद गरेका थिए ।

​​२०१९ मा पहिलो पटक सार्वजनिक भएलगत्तै ‘कोमेडियन’ भाइरल भएको थियो । यसले कला के हो भन्ने विषयमा गहन बहसहरू उत्पन्न गरेको छ । यो कलाकृति संसारभर घुमिसकेको छ भने केरा सड्न थालेपछि यसलाई पुनः बदल्न निर्देशनहरू दिइएको छ ।

यसअघि टेप टाँसेको केरा दुईपटक खाइएको थियो । पहिलो पटक २०१९ मा एक कलाकारले खाएका थिए भने दोस्रो पटक २०२३ मा एक दक्षिण कोरियाली विद्यार्थीले त्यस्तो केरा खाएका थिए । तर, दुवै जनाले उक्त कलायुक्त केरा खान पैसा तिरेका थिएनन् । तर, सनले ६२ लाख डलर क्रिप्टोकरेन्सीमा तिरेका थिए ।

“पत्रकार सम्मेलनमा यो केरा खानु पनि कलाकृतिको इतिहासको हिस्सा बन्न सक्छ,” सनले भने, “यो अरू केराभन्दा निकै राम्रो छ ।”

३४ वर्षीय सनले आफू यो कलाकृतिबाट प्रभावित भएको बताएका छन् । उनलाई ‘केरा कुहिन्छ कि कुहिँदैन?’ भन्ने जस्ता ‘मूर्ख प्रश्नहरू’ पनि सोधिएको उनले स्वीकार गरेका छन् ।

न्युयोर्क टाइम्सका अनुसार गत हप्ता लिलामीको दिन ३५ सेन्टमा नयाँ केरा किनिएको थियो । त्यसपछि उक्त केरा विश्वकै महँगो फल बनेको छ ।

शुक्रबारको पत्रकार सम्मेलनमा उपस्थित सबैलाई एउटा केरा र डक्ट टेपको रोल उपहार दिइएको थियो । “सबैसँग खानका लागि केरा छ,” सनले भने ।

सन ट्रोन ब्लकचेन नेटवर्क सञ्चालन गर्छन् । यसले प्रयोगकर्तालाई क्रिप्टोकरेन्सी कारोबार गर्ने सेवा दिन्छ ।

क्रिप्टोकरेन्सी भनेको बैंकहरूबाट स्वतन्त्र रूपमा सञ्चालन हुने डिजिटल मुद्राहरू हुन् । यसले अत्यन्त सुरक्षित र विकेन्द्रीकृत कारोबारको सेवा उजागर गरेको छ ।

सनले उक्त कलाकृति र यो जस्तै अन्य अमूर्त कलाहरूको एनएफटीसँग तुलना गरे ।

यी नन-फन्जिबल टोकन (एनएफटी) डिजिटल कलाका टुक्राहरू हुन् । यसको भौतिक मूल्य हुँदैन । तर, यसको मूल्य मानिसहरूले दिएको मूल्याङ्कनमा निर्भर रहन्छ ।

गत वर्ष सनलाई अमेरिकी सुरक्षा तथा विनिमय आयोगले बिना दर्ता गरिएको सुरक्षा टोकनहरू बेचबिखन गरेको आरोप लगाएको थियो । सनले भने यी आरोप अस्वीकार गरेका छन् । यो मुद्दा अहिले पनि जारी छ ।

यसै हप्ता उनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा समर्थित एक क्रिप्टो परियोजनामा तीन करोड डलर लगानी गरेको खुलासा गरेका छन् ।

-बीबीसीको सहयोगमा

यो पनि पढ्नुहोस्

यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुग्याे

१ घण्टा अगाडि
सहकारीको बचत रकम दुरुपयोग

परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

सभामुखसँग राष्ट्रसङ्घकी आवासीय संयोजकले गरिन् भेटवार्ता

फेरि फुट्दै प्रचण्ड-माधवको नेकपा

हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि

सुकुम्बासीहरूले आफैं सामान सार्न थाले

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक