बिहि, अशोज २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार साहित्य

कवि राम अधिकारीको पहिलो ‘सपना र छायाहरू’ कवितासङ्ग्रह विमोचन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
कवि राम अधिकारीको पहिलो ‘सपना र छायाहरू’ कवितासङ्ग्रह विमोचन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं। साहित्यपोस्ट (इ) दैनिकको माउ कम्पनी शब्द मिडिया प्रा.लि.ले प्रकाशन गरेको ‘सपना र छायाहरू’ कवितासङ्ग्रहको विमोचन भएको छ। कवि राम अधिकारीको पहिलो पुस्तकको रूपमा आएको उक्त कविताकृति साहित्यपोस्ट कार्यालयका प्रबुद्ध साहित्यकारहरूका बीच विचोचन भएको हो।

पुस्तकलाई प्रमुख अथिति प्रा.डा. सुष्मा आचार्य, कार्यक्रम संयोजक प्रा.डा. सनतकुमार वस्ती, कवि राम अधिकारी र साहित्यपोस्टका प्रधानसम्पादक तथा अध्यक्ष अश्विनी कोइरालाले संयुक्त रूपमा विमोचन गरेका हुन्।

विमोचनपछि प्रमुख अथितिका रूपमा बोल्दै सुष्मा आचार्यले कवि अधिकारी आफ्नो सुयोग्य छात्र भएको स्मरण गर्दै त्रिभुवन विश्वविद्यायलमा कविसँग बिताएका दिनहरूको स्मरण गरिन्। उनले भनिन्, ‘राम मेरा विद्यार्थी मात्रै होइनन्, सुयोग्य शिष्य पनि हुन्। अध्ययन सकेको यत्तिका वर्षसम्म पनि हामी गुरुमा र विद्यार्थीभन्दा माथि आमाछोराकै रूपमा प्रेम र वात्सल्यमा छौं। सबै शिक्षकलाई यस्ता सुयोग्य शिष्य प्राप्त गर्ने भाग्य हुन्न।’

त्रिभुवन विश्वविद्यालयमा ४२ वर्ष प्राध्यापन गरिसकेकी आचार्यले आफ्ना हजारौं शिष्यहरू मध्ये केही रामहरू विशेष विद्यार्थी भएको स्मरण गरिन्। ‘मैले मेरा सबै विद्यार्थीहरूलाई आफ्ना सन्तानकै रूपमा बौद्धिक पालनपोषण गर्दै आएकी छु। ती मध्ये कवि राम अधिकारी र उनी जस्ता केही विशेष प्रतिभा भएको अनुभव हुन्छ,’ उनले भनिन्।

 

एक दर्जन पुस्तककी स्रष्टा रहिसकेकी आचार्यले कवि राम अधिकारीको कवितामा देश प्रेम, भाषा प्रेम र सरल व्यक्तित्वको प्रतिध्वनि भएको उल्लेख गरिन्। उनले आगामी दिनमा यस किसिमका कृति ल्याइरहन र अमेरिका बसेर पनि नेपाललाई माया नमार्न सल्लाह दिइन्।

एक दशकयता अमेरिकाको भर्जिनियामा बसोबास गरिरहेका कवि अधिकारी यसअघि पनि पत्रपत्रिकामा कविता र समसामयिक लेख लेख्ने गर्दथे। अमेरिका पुगेपछि रोकिएको उनको लेखन एक दशकपछि पुनः सक्रिय भएको हो।
कार्यक्रममा उपस्थित विशिष्ट साहित्यकार एवं साधकहरूलाई पत्रकारिता र समाजसेवी नारायण गिरीले स्वागत गरेका थिए। आफू साहित्यकार नभए पनि कविसँगै अध्ययन गर्ने सहपाठी भएका नाताले उपस्थित व्यक्तित्वलाई स्वागत गर्न पाउँदा आफू धन्य भएको अनुभव गरिरहेको जनाए।

पुस्तकलाई सेन्ट जेभियर्स कलेजका नेपाली विषयका अध्यापक देवेन्द्र पौडेलले समीक्षा गरेका थिए। समीक्षक पौडेलका अनुसार पुस्तक सरल भाषामा गम्भीर विषय पस्कने कविता कृति भएको बताउँदै यसले नेपालको राजनीति, सामाजिक र यहाँको परिवेश गहिरोसँग समातेको बताए। किताबमा राखिएको पहिलो कविता ‘खुसी’ले व्यक्त गरेको मानवीय प्रवृत्तिको उनले खुलेर प्रशंसा गरे।

पौडेलका अनुसार कवि अधिकारी अमेरिका बसेर नेपालप्रति नोस्टाल्जिक भएका छन्। कृतिमा कहीँ कतै अमेरिका देखिन सक्छ तर त्यसको अन्तर्यमा पनि नेपालनै भेटिने गरेको छ। एउटा कविका रुपमा कवि अधिकारीको ठूलो सम्भावना रहेको पनि समीक्षक पौडेलको अनुमान थियो।

कार्यक्रममा सहभागी कवि शंकर ढकालले सपना र छायाहरू संग्रहभित्रको ‘जहाँ चोरहरू देश चलाउँछन्’ नामक कविता वाचन गरेका थिए।

कार्यक्रमको सञ्चालन र संयोजन प्रा.डा. सनतकुमार वस्तीले गरेका थिए। उनले कृतिभित्रका कविताहरू सुनाउँदै, कविको मर्म र भावना संगाल्दै र उपस्थित विद्वत कवि लेखकहरूको उपस्थितिलाई कदर गर्दै करीब एकघन्टाभित्र कार्यक्रम समापन गरेका थिए।

कार्यक्रमको सभापतिका रूपमा साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले नयाँ कविका रूपमा राम अधिकारीको भविष्य उज्जवल भएको बताए। उनले भने, ‘साहित्यपोस्टको उद्देश्य नयाँ कविलाई मञ्च दिने, उहाँहरूका पुस्तक प्रकाशन गर्ने र पुरस्कृत गर्दै नेपाली भाषा साहित्यको उन्नयन गर्ने हो। कवि अधिकारीले हामीलाई यो अवसर प्रदान गरे।

यो पनि पढ्नुहोस्

राष्ट्रिय स्वाधीनता इतिहासकै कमजोर अवस्थामाः महासचिव दिपक

राष्ट्रिय स्वाधीनता इतिहासकै कमजोर अवस्थामाः महासचिव दिपक

२ हप्ता अगाडि
 आज महाकवि सिद्धिदास अमात्यको १५९ औं जन्मदिन

 आज महाकवि सिद्धिदास अमात्यको १५९ औं जन्मदिन

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालबाट धर्म प्रचार गर्ने २४ दक्षिण कोरियाली डिपोर्ट

दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको लर्को

आगामी मंसिर १२ गते नेपालगन्जमा आयोजना हुने

बहुप्रतीक्षित फिल्म ‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ खुला

देशभरका १०९ वटा सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक