बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राहत वितरणलाई प्रभावकारी बनाइने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
राहत वितरणलाई प्रभावकारी बनाइने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयमा राहत वितरणलाई प्रभावकारी बनाइने जनाउनुभएको छ ।

नेपाली कांग्रेस ललितपुर प्रतिनिधिसभा क्षेत्र नं २ समितिले बाढीपहिरोले पु¥याएको क्षति र यसपछिको राहत, पुनःस्थापना, पुनःनिर्माणका विषयलाई सम्बोधन गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै आज उहाँले तीन वटै तहले दिने राहतका लागि कार्यविधि बनाएर काम गर्ने जनाउनुभयो ।

“राहतका लागि पालिकाहरुलाई तत्कालै रु २० लाख र रु १५ लाख उपलब्ध गराइएको छ, मृत्युु भएका परिवारलाई रु एक लाख जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “राहत तथा उद्धारका लागि १३ जिल्लाका लागि रु पाँच लाखका दरले जिल्ला प्रशासन कार्यालयमा रकम पठाइएको छ ।”

उहाँले प्रमाणीकरण भएपछि मृत्यु भएका बागमती प्रदेशभित्रका स्थायी बासिन्दा परिवारलाई थप रु एक लाख उपलब्ध गराउने समेत जानकारी दिनुभयो ।

मुख्यमन्त्री लामाले सबै जिल्लाबाट भौतिक र मानवीय क्षतिको विवरण प्राप्त भएपछि तथ्याङ्कअनुसार आवश्यक सहयोग उपलब्ध गराउने जनाउनुभयो । साेही  अवसरमा ललितपुर क्षेत्र नं २ को ‘२’ प्रदेशसभा सदस्य एवं संविधानसभा सदस्य रामकृष्ण चित्रकार, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्साललगायत नेपाली कांग्रेसका ललितपुर क्षेत्र नं २ का नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

नेपाली कांग्रेस ललितपुर प्रतिनिधिसभा क्षेत्र नं २ का सभापति महेश खड्काले १० वटै वडा र ललितपुर महानगरको ७, ८, ९ र १७ अत्यन्तै प्रभावित भएको अवगत गराउँदै महालक्ष्मी नगरपालिकालाई बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार विपद्ग्रस्त पालिका घोषणा गर्न छुट हुन गएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

“यस क्षेत्रमा पर्ने कर्मनासा खोला, हनुमन्ते खोला, दुग्रेखोला र गोदावरी खोलाको आसपासका बस्तीहरु जलमग्न भई सबै घरहरुको एकतला पूरै डुबानमा परेको थियो”, उहाँले भन्नुभयो, “यहाँका खेती भइरहेका धानखेत, तरकारीबाली तथा खोलाको आसपासमा रहेका गाईगोठ, पशुचौपाया, कुखुरा फर्म समेतमा गरी करोडौँ रकम बराबरको क्षति भएको छ ।”

उहाँले यस विपत्तिबाट भएको समस्याको दीर्घकालीन समाधानका लागि खोला क्षेत्रको व्यवस्थापन, नदी नियन्त्रण एवं खोलाका किनारामा पनि सडक सञ्चालन गर्न अतिआवश्यक भएको जनाउनुभयो ।

उहाँले नगरपालिकाको वडा नं २ को भोपोखरीको बोरिङ, १ र ४ को मोरेपाटी खानेपानीको मुहान गोदावरी नगरपालिका– १ को गोदामचौर मुहान पूर्ण रुपमा ध्वस्त भई हजारौँ परिवार खानेपानीबाट प्रभावित भएको जानकारी गराउनुभयो । बाढी, पहिरोबाट महालक्ष्मी नगरपालिका(८, ९ र १० प्रभावित भई सात जनाको निधन भएको थियो । यी तीन वडाको करिब १० घर पूर्ण रुपले क्षति भई तत्कालै अस्थायी बासस्थान उपलब्ध गराउनुपर्ने नेपाली कांग्रेसको माग छ ।

यो पनि पढ्नुहोस्

महाधिवेशन नसकिँदै प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए

महाधिवेशन नसकिँदै प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए

१ घण्टा अगाडि
आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

कांग्रेसकाे सदस्यता अद्यावधिक पुनः कार्यतालिका सार्वजनिक

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रथम उपमेयर कप खो खो प्रतियोगिता

नर्वे विश्वकपको नकाउट चरणमा प्रवेश

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

चारवटा अध्यादेश अलपत्र

रास्वपाको नयाँ नेतृत्वका लागि आज मतदान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक