काठमाडौं । काठमाडौं महानगरपालिका-१० देवीनगर रूद्रमती खोला नजिकै भत्काएको घरमा हाल नाम, थर, वतन नखुलेका करिब ५२ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
दाङ, राप्ती गाउँपालिका-५ लठुवास्थित सडक छेउमा राप्ती गाउँपालिका-१ भालुबाङ बस्ने ४३ वर्षीय रमेश कुमार गुप्ता आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।