मङ्ल, जेष्ठ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शैक्षिक परामर्शको १५ औँ बृहत् शैक्षिक मेला सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
शैक्षिक परामर्शको १५ औँ बृहत् शैक्षिक मेला सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको १५ औं बृहत् शैक्षिक मेला विद्यार्थीहरूको उत्साहजनक उपस्थितिमा सम्पन्न भएको छ।

बुधवार नयाँ बानेश्वर स्थित एभरेष्ट होटलमा सञ्चालित उक्त एक दिने मेला सफलतापूर्वक सम्पन्न भएको हो ।

विद्यार्थी, अभिभावक र अन्य सरोकारवालाहरूलाई अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सुसूचित परामर्श प्रदान गर्ने उद्देश्यले आयोजित मेलामा पाँच हजारभन्दा बढीले अवलोकन तथा परामर्श लिएको आयोजकले जनाएको छ ।

“बाढीपहिरोका कारण अधिकांश स्थानमा अवरोध सृजना भएको समयमा पनि मेलामा विद्यार्थी तथा अभिभावकको उल्लेख्य सहभागिता रह्यो”, इक्यानका अध्यक्ष शेषराज भट्टराईले भने, “मेलामा विद्यार्थीले अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी सम्पूर्ण जानकारी लिएका छन् ।”

कोरोना महामारीपछि भौतिक रूपमा पहिलो पटक आयोजना गरिएको मेला भएकाले पनि विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको उनको भनाइ छ ।

मेलामा विभिन्न शैक्षिक परामर्श संस्थाका साथै विभिन्न देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिको पनि उपस्थिति थियो। विद्यार्थीहरूले कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष साक्षात्कार गरेका थिए ।

मेला संयोजक गीता सिवाकोटीले बाढीपहिरोका कारण निर्धारित समयभन्दा तीन दिन ढिला गरी आयोजना भएको भए पनि मेलामा विद्यार्थीले उल्लेख्य सहभागिता जनाएको बताइन् ।

वान अप प्रालिको व्यवस्थापनमा आयोजना भएको यो मेलाको मुख्य प्रायोजक रियल ड्रिम्स एजुकेसन कन्सल्टेन्सी र ‘इन एसोसिएसन विथ’ वेद इन्टरनेशनल एजुकेसन रहेका थिए ।

त्यस्तै आइएलटीएस पार्टनरको रूपमा ब्रिटिस काउन्सिल रहेको थियो । साथै प्रायोजकमा केआईईसी प्रालि, अर्बिट इन्टरनेशनल एजुकेसन प्रालि, नोबेल एजुकेसन प्रालि, डब्ल्यूआरआई एजुकेसन, राइटपाथ, सेनेका, कंगारु एजुकेसन फाउन्डेसन, एलाइट मुभर्स, भिरा एजुकेसन र ग्रेस एजुकेसन प्रालि थिए ।

मेलामा विभिन्न २२ वटा कम्पनीका स्टल राखिएको थियो । शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा पुरानो र ठुलो संस्था इक्यानमा ६०७ सदस्य छन् ।

यो पनि पढ्नुहोस्

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

१ दिन अगाडि
नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सुरू 

राष्ट्रियसभाको बैठक सुरु

सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार

आईजीपी र एपीजीका प्रतिनिधिबीच भेट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक