मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विनोद चौधरीको योग्यता उपसभापतिका लागि नपुगेको देखियाे

धारणा न्यूज by धारणा न्यूज
१६ मिनेट अगाडि
Reading Time: 1 min read
0
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसको समावेशी उपसभापतिमा निर्वाचित कांग्रेसको समावेशी उपसभापतिमा निर्वाचित उद्योगपति विनोद चौधरीको योग्यता उपसभापतिका लागि नपुगेको देखिएको छ ।

नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको ‘दलको विधान सम्बन्धी विवरण परिवर्तन गरिएको बारे’को निवेदनमा उल्लेख व्यवस्थामा उनी उपसभापति बन्न योग्य नदेखिएका हुन् ।

आयोगमा पेस गरेको पार्टी विधानको धारा २१ को उपधारा (३)मा उपसभापति बन्न क्रियाशील सदस्यता लिएको १० वर्ष गुगेको हुनुपर्ने व्यवस्था राखिएको छ । ‘केन्द्रीय महाधिवेशन प्रतिनिधिले नेपाली कांग्रेसको १० वर्ष क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधि मध्यबाट उपसभापति एक महिला, एक समावेशीसहित ४,’ त्यो उपधारामा लेखिएको छ ।

तर चौधरी २०७४ सालमा मात्रै कांग्रेस प्रवेश गरेर सक्रिय राजनीति गरेका थिए । त्यो हिसावबाट गणना गर्दा उनी कांग्रेस प्रवेश गरेको ९ वर्ष मात्रै पुगेको छ ।

911496492_4639558929696495_8277142213281718504_n

चौधरीले भने एक कार्यकाल केन्द्रीय सदस्य बनेर बिताएर अर्को कार्यकाल उपसभापतिमा निर्वाचित भइसकेका छन् । केन्द्रीय सदस्य बन्दाखेरी योग्यता नपुगेको भन्ने रिट पार्टीको तत्कालिन निर्वाचन समिति, पार्टी केन्द्रीय कार्यालय, निर्वाचन आयोग हुँदै अहिले सर्वोच्च अदालतमा पुगेको छ । र अदालतमा मंसिर १० गतेका लागि पेसी तोकिएको छ ।

१४ औँ महाधिवेशनमा मधेसी क्लस्टरबाट केन्द्रीय सदस्यमा चौधरीसँग पराजित डा. शुभाषचन्द्र यादवले रिट दायर गरेका हुन् ।

विधानअनुसार उम्मेदवार बन्न नमिल्ने चौधरी कसरी उम्मेदवार बने र निर्वाचित भए भन्ने प्रश्न रातोपाटीले १५औँ महाधिवेशनका लागि गठित निर्वाचन समितिका सदस्यलाई सोधेको थियो। ती सदस्यले पार्टी केन्द्रीय कार्यालयले क्रियाशील सदस्यता लिएको १० वर्ष पुगेको केन्द्रीय कार्यालयले प्रमाणित गरिदिएकाले आफूहरूले उम्मेदवारी स्वीकार गरेको बताए । महाधिवेशन सम्पन्न भइसकेकाले आफ्नो नाम औपचारिक रूपमा उद्धृत नगरिदिन ती सदस्यले रातोपाटीलाई आग्रह गरे ।

त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई केका आधारमा उद्योगपति चौधरीले क्रियाशील सदस्यता लिएको १० वर्ष पुगेको प्रमाणित गर्नुभयो भन्ने प्रश्न गर्दा दुलालले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्दा केन्द्रीय कार्यालयले विशेष निर्णय गरेको भन्दै १० वर्ष क्रियाशील सदस्य बनेको दिएको प्रमाणपत्र पेस गरी अहिले पनि प्रमाणित गरिदिन माग गरेकाले त्यसैका आधारमा प्रदान गरेको जानकारी दिए ।

‘उहाँले १४औँ महाधिवेशनमा १० वर्ष पुगेको प्रमाण लिएर केन्द्रीय सदस्यमा उम्मेदवारी बन्दै जित्नु भएको थियो । त्यो प्रमाणित पत्र अहिले १० वर्ष पुगेको प्रमाण माग्ने निवेदन दिँदा पेस गर्नुभएको थियो त्यसकै आधारमा क्रियाशील सदस्यता लिएको १० वर्ष पुगेको पत्र दिएको हुँ,’ कार्यवाहक मुख्यसचिव दुलालले रातोपाटीसँग भने, ‘त्यो बाहेक अरू हेर्न पार्टी कार्यालय जलेकाले प्रमाण थिएन । त्यो भन्दा बाँकी १४ औँ महाधिवेशनमा १० वर्ष पुगेको प्रमाण दिने निवर्तमान मुख्यसचिव कृष्णप्रसाद पौडेललाई सोध्न पर्ला ।’

त्यसपछि हामीले दुलाललाई १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य बन्दा योग्यता नपुगेको भन्दै परेको रिट अझै सर्वोच्चमा विचाराधिन छ नी भनेर सोध्यौँ । ‘हो सुभाषचन्द्र यादवले योग्यताको प्रश्न उठाएर दायर रिट सर्वोच्च अदालतमा विचाराधिन छ,’ कार्यवाहक मुख्यसचिव दुलालले भने ।

कांग्रेस केन्द्रीय कार्यालय ०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जलेको थियो । जल्दाफेरि सबै प्रमाण नस्ट भएकाले पुराना विषय हेर्न आफूसँग प्रमाण नभएको पनि दुलालले जनाए ।

यो पनि पढ्नुहोस्

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

कांग्रेसको विधानमा संशोधन

२७ मिनेट अगाडि
एनपीएलको तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

५३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

उत्कृष्ट २० करदाताको नाम घोषणा

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक