सोम, चैत्र २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

वित्तीय सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
वित्तीय सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण

‘नेपालमा सङ्घीयताः वित्तीय दृष्टिकोण’ विषयक छलफल कार्यक्रम काठमाडौँ, १८ असोजः नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘नेपालमा सङ्घीयताः वित्तीय दृष्टिकोण’ विषयक छलफल तथा प्रस्तुतिकरण कार्यक्रम । तस्बिरः किरणराज विष्ट÷रासस

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालको संविधान २०७२ जारी भएर मुलुक सङ्घीयतामा गएको लामो समय बितिसक्दा पनि अझै वित्तीय सङ्घीयता कार्यान्वयन भने चुनौतीपूर्ण रहेको धारणा जानकारहरुले राखेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको नेपालमा ‘सङ्घीयता : वित्तीय दृष्टिकोण’ विषयक छलफल तथा प्रस्तुतीकरण कार्यक्रमका वक्ताहरुले वित्तीय सङ्घीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या सुल्झाउन आवश्यक रहेको धारणा राखेका हुन् ।

कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले वित्तीय सङ्घीयता कार्यान्वयनका लागि देखिएका समस्या समाधानका लागी तीन तहका सरकार र निकायबीच समन्वय, सहककार्य र सहअस्तित्वको सिद्धान्तलाई प्राथमिकताका साथ पालना गरिनुपर्ने बताए ।     स्थानीय तह र प्रदेश सरकारले राजस्व उठाउने र खर्च गर्ने अधिकार पाएकाले सङ्घ सरकारले समानीकरण अनुदान बढाउने र सशर्त अनुदान घटाउँदै जाने नीति लिइनुपर्ने उनले बताए । प्रदेश र स्थानीय तहको बजेट योजना निर्माण र खर्च गर्ने क्षमता बढाउनुपर्नेमा पनि उनले जोड दिए ।

केन्द्र सरकारले महत्वाकांक्षी राजस्व लक्ष्य राख्ने गरेको र त्यसको प्रभाव प्रदेश र स्थानीय तहमा पनि परेको अध्यक्ष पौडेलको भनाइ छ । प्रदेश र स्थानीय सरकारले समेत आन्तरिक ऋण उठाउने अधिकार पाए पनि स्पष्ट कानुनको अभाव र व्यवहारगत कठिनाइका कारण उनीहरुले ऋण उठाउन नसकेको उनले बताए ।

‘कुनै पनि प्रदेश र स्थानीय तहले आन्तरिक ऋण उठाउन सकेका छैनन् । केहिले नगर विकास कोषको रकम चलाएका छन् । उनीहरुले ऋण कसरी उठाउने भनेर स्पट कानुन पनि बन्न सकेको छैन’, पौडेलले भने । कुनै समय नेपालको कूल गार्हस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋण ६६  प्रतिशतसम्म उल्लेख गर्दै पौडेलले अहिले पनि सार्वजनिक ऋणको अवस्था चिन्ता गर्नुपर्ने अवस्थामा नरहेको बताए । यद्यपि, ऋण लिएर बढीभन्दा बढी पुँजी निर्माण गर्ने क्षेत्रमा खर्च गर्नुपर्ने उनको भनाइ छ । सशर्त अनुदानलाई विस्तारै नतिजामा आधारित बनाउँदै लगिनुपर्ने पनि पौडेलको भनाई छ ।

सरकारी बजेट खर्चमा चालुगत खर्चको हिस्सा बढ्दै गएको र पुँजीगत घट्दै जाने प्रवृत्ति लामो समयदेखि रहेको उल्लेख गर्दै उनले सङ्घीयता महँगो भएको भन्न नमिल्ले पौडेलले बताए । सरकारी खर्चको अवस्थाबारे वस्तुपरक विश्लेषण गरिनुपर्ने उनको भनाइ छ ।

आर्थिक वर्ष २०३४/३५ सम्ममा चालू भन्दा पुँगीगत खर्च बढी हुने गरेकामा आव २०५१/५२ तिर समान अङ्कमा पुगेको देखिन्छ । त्यसपछि क्रमशः चालुगतभन्दा पुँजीगत खर्च घट्नेक्रम सुरु भएको देखिन्छ । अहिले चालुगत खर्च बढेको भनेर सङ्घीयता महँगो भएको भन्न मिल्दैन । हामी लामो समयदेखि यस्तो अवस्था भोगिरहेका छौँ’, पौडेलले भने । कार्यक्रमममा बोल्दै काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार प्रा डा अच्युत वाग्लेले सङ्घीयता कार्यान्वयन पछि विकास तथा समृद्धि जुन गतिमा हुन पथ्र्याे त्यसो हुन नसकेको बताए । सङ्घीयता सवलीकरणका लागि नागरिकलाई प्रवाह हुने सेवा सुविधा सहज र सहज हुनुपर्ने उनको भनाइ छ ।

वाग्लेले नेपालको संविधानले प्राकृतिक स्रोत तथा वित्त आयोगलाई निकै कम मात्र अधिकार दिएको पनि बताए । राष्ट्रिय योजना आयोगले गर्ने काम र यसको अस्तित्वमाथि प्रश्न उठाए । योजना आयोगभन्दा वित्त आयोगलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्ने उनको भनाइ छ । संविधानमा राखिएको सङ्घीयता कसरी कार्यान्वयन भइरहेको छ भनेर कुनै पनि राजनीतिक दलले चासो नदिने गरेको वाग्लेले बताए । सङ्घीयतालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे तथ्याङ्कपरक रुपमा अध्ययन अनुसान्धान हुन नसकेको पनि उनको भनाइ छ ।

‘सङ्घीयताले कतै आर्थिक दायित्व बढाइरहेको त छैन ? भन्ने प्रश्न छ । तर वास्तवमा अवस्था के हो भन्ने विषयमा हामीसँग यकीन तथ्याङ्क छैन । त्यसबारे अध्ययन अनुसन्धान पनि हुन सकेको छैन’, डा. वाग्लेले भने । नेपालको नीतिनिर्माण परामर्शदाताहरुमा सार्वजनिक खरिद ऐनका व्यवस्था सङ्घीयता अनुकूल हुन नसकेको पनि वाग्लेको बताए । सङ्घीयता कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्नपर्ने, सङ्घीयतासँग सम्बन्धित तथ्याङ्कमा आधारित अध्ययन अनुसन्धान गर्ने र प्ररामर्श दाताबाटभन्दा पनि वास्तविक क्षेत्रबाट आउनुपर्ने बताए । केन्द्रिकृत सोचका कारण सङ्घीयता कार्यान्वयनका समस्या भएको पनि वाग्लेको भनाइ छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय सभाका अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

राष्ट्रिय सभाका अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

४ घण्टा अगाडि
विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

बालेन शाहको उदय र नेपालको भविष्य

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

रविविरुद्ध आज सुनुवाइ हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक