बिहि, असार ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेतृत्व चयन नगरी स्थगित भयो अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेतृत्व चयन नगरी स्थगित भयो अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नयाँ नेतृत्व चयन नै नभई माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी (अखिल क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन स्थगित भएको छ । संगठनभित्र उमेर हदको विवाद लम्बिनुका साथै अध्यक्ष को बन्ने भन्ने विषयसमेत पेचिलो बन्दै गएपछि समय अभावको कारण देखाउँदै सम्मेलन नै स्थगित गरिएको प्रतिनिधिहरु बताउँछन् ।

अखिल क्रान्तिकारीभित्र पहिला उमेरहदको विषय टुङ्ग्याउने, त्यसपछि सहमतिको प्रयास गर्ने र सहमति नभएको खण्डमा चुनावमा जाने तयारीका साथ असोज १० गते सम्मेलनको उद्घाटन भएको थियो ।

तर, धेरै आकाङ्क्षी र पार्टी नेतृत्वमा समेत आफू अनुकूलको नेतृत्व ल्याउने मोहका कारण सम्मेलन अपूर्ण बन्न पुगेको एक विद्यार्थी नेताले बताए । उनका अनुसार पार्टी नेतृत्व ३२ वर्षभन्दा माथिबाट आफू अनुकूलको विद्यार्थी नेतालाई सहमतिको नाममा अध्यक्ष बनाउने चाहन्थ्यो । तर, कीर्तिपुरस्थित सम्मेलन हलमा ३२ वर्षभन्दा मुनिबाट नेतृत्व ल्याउनु पर्ने र निर्वाचनमै जानुपर्ने मत बलियो देखिएपनि समस्या पैदा भएको थियो ।

अर्का एक विद्यार्थी नेताले आन्तरिक विवादका साथै उमेर हद र प्रतिनिधिको अन्तिम सूची समेत समयमा टुंगिन नसकेको बताउँदै अब दसैँ पनि लागिसकेका कारण सम्मेलन स्थगित भएको जानकारी दिए । ‘सहमतिमा नेतृत्व चयन हुने अवस्था रहेन । अहिलेको लेयरमा महासचिव भन्दा माथिकालाई एक्लै जित्छु भन्ने कन्फिडेन्स पनि थिएन’, उनले भने, ‘जसका कारण अलमल गरियो र अहिले सम्मेलन नै स्थगित गरियो ।’ नेतृत्व चयनबिनै सम्मेलन स्थगित गरिनुले बाहिर सन्देश राम्रो नगएको उनको भनाइ थियो ।

विद्यार्थी नेता प्रतिक कार्कीले आफूहरु नयाँ नेतृत्व चयन हुने विश्वासको साथ सम्मेलनमा सहभागी भएपनि अन्तिम समयमा स्थगित भएको जनाए । उनले अहिले स्थगित भएपछि आगामी दिनमा छिट्टै संगठनले नेतृत्व पाउने विश्वास व्यक्त गरे ।

उसो त पहिला अखिल क्रान्तिकारीको विधान अधिवेशन गर्ने र त्यसपछि राष्ट्रिय सम्मेलन गर्ने भन्ने प्रस्ताव थियो । तर ,अध्यक्ष प्रचण्डले त्यसलाई उल्ट्याउँदै एकसाथ भन्ने निर्णय गराए । सोहीअनुसार राष्ट्रिय सम्मेलन उद्घाटन गरियो भने प्रचण्डले नेतृत्वमा निवर्तमान अध्यक्ष पञ्चा सिंहविरुद्ध समानान्तर गतिविधि गर्दै आएका पवन कार्कीदेखि अर्का विद्यार्थी नेता दिपेश पुनसम्मलाई अध्यक्ष बनाउने प्रयास गरे ।

आन्तरिक समीकरणका साथै विद्यार्थीमा एकताबद्ध रहेको अर्को समूह सशक्त देखिँदा त्यो पनि सम्भव देखिएन । त्यसपछि कहिले उमेरको कुरा त कहिले के देखाएर सम्मेलन नै स्थगित गर्नतर्फ नेतृत्व नै लागेको आरोप लागेको छ ।

‘सम्मेलनलाई बिथोल्न अध्यक्षकै भूमिका रह्यो । चुनाव भयो भने हारिन्छ भन्ने भएर यस्तो भयो कि, के भयो त्यो उनकै कुरा होला’, एक नेताले भने, ‘अहिले पुरानो पनि विघटन गरियो । नयाँ पनि बन्न सकेन । यस्तो अवस्थामा बुधवार साँझ सूचना टाँसेर स्थगित भनियो ।’

अध्यक्ष प्रचण्डले नेतृत्व चयनबारे छलफलका लागि विद्यार्थी नेताहरुलाई बुधवार बिहान खुमलटार बोलाएका थिए । सो छलफलमा प्रचण्डले अब सकिने अवस्था नरहेको भन्दै निर्वाचन आयोगलाई लेखेर दिन पञ्चा सिंहलाइबताइएको छ ।

त्यसपछि छुट्टै बसेको पार्टीको शीर्ष तहको बैठकमा प्रचण्डले के गर्ने भनेर सोधेका थिए । जसअनुसार केही नेताहरूले चुनाव गर्नुपर्ने धारणा राखेपनि अहिले आएर त्यसको सुनुवाइ नभएको जनाइएको छ ।

‘विद्यार्थीको घटनाबाट प्रचण्डले माओवादी बनाउन र संगठन जोगाउन सक्दैनन् भन्ने पुष्टि भयो’, एक पदाधिकारीले भने, ‘उनमा इच्छा पनि देखिएन ।’ आफूहरूले नेतृत्व चयन गर्नुपर्छ भनेपनि एकाएक स्थगितको सूचना आउनु ठिक नभएको उनको धारणा छ ।

बन्द सत्रमा छलफलको लागि प्रस्तावित विधान र प्रतिवेदन उपर छलफल जारी रहेको र विधान पारित भई पारित विधान बमोजिम निर्वाचन सम्पन्न गर्न समयको पर्याप्तताबारे पार्टीको निर्वाचन आयोगसँग परामर्श हुँदा समेत निर्वाचनको सबै प्रक्रिया पुरा गर्न दसैँ अगाडिको समय पर्याप्त नभएको प्राप्त सुझावलाई मध्यनजर गरी निष्कर्षमा पुग्न अध्यक्ष मण्डलबिच व्यापक र गम्भीर छलफल हुँदा हाल जारी रहेको राष्ट्रिय सम्मेलन स्थगित गर्न उचित र श्रेयकर भएको निष्कर्षसहित हाललाई जारी सम्मेलन स्थगित गर्ने निर्णय गरेको बुधवार जारी सूचनामा उल्लेख छ ।

‘अर्को सूचना जारी नभएसम्मको लागि बाँकी प्रक्रिया पुरा गर्ने प्रयोजनको लागि चालु रहेको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित गरिएको ब्यहोरा अध्यक्ष मण्डलको आज मिति २०८१ साल असोज १६ गते बसेको बैठकको निर्णय बमोजिम यस अनेरास्ववियु क्रान्तिकारीको सम्बन्धित सम्पूर्ण निकाय, पदाधिकारीहरू, सम्मेलनमा प्रतिनिधित्व गर्नुहुने सम्पूर्ण प्रतिनिधि लगायत सबैमा जानकारी गराउँदछौँ’, वीरबहादुर थापासहितको ७ सदस्यीय अध्यक्ष मण्डलले जारी गरेको सूचनामा उल्लेख छ ।

अखिल क्रान्तिकारीको अध्यक्ष केशव रावल, मदन भुल, नरेश रेग्मी, जिपी मैनाली, दिपेश पुन, पवन कार्की, नारायण खनाल,  मदन भट्टराईलगायत आकाङ्क्षी थिए ।

यो पनि पढ्नुहोस्

महाधिवेशन नसकिँदै प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए

महाधिवेशन नसकिँदै प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए

१४ घण्टा अगाडि
आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

कांग्रेसकाे सदस्यता अद्यावधिक पुनः कार्यतालिका सार्वजनिक

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

प्रतिनिधिसभा बैठक स्थगित

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक