बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कांग्रेसकाे १ सय दिने अभियान पूर्ण टुंगो लागेन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि सुरु गर्ने सय दिने अभियानका लागि जिल्ला तोकिने प्रतिनिधिहरुको पूर्ण टुंगो अहिलेसम्म लागेका छैन । ७ असोज देखि १६ पुषसम्मका लागि आन्तरिक पार्टी संरचनामा काम गर्ने गरी केन्द्रीय नेताहरुलाई जिल्ला खटाउन लागिएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ६६ जिल्लाका लागि प्रतिनिधिहरुलाई पत्र पठाइए सकिएको छ । ‘केही जिल्लाको प्रतिनिधि टुंग्याउन बाँकी छ ।

जिल्ला तोकिएका नेताहरुले एक आपसमा सल्लाहले आ-आफ्नो तरिकाले जिल्ला परिवर्तन गर्नुभएकाले अन्तिम टुंगो लाग्न केहीको बाँकी छ,’ पौडेलले अनलाइनखबरसँग भने । केन्द्रीय सदस्यहरुका अनुसार प्रतिनिधि भएर जान चाहेका तीन जिल्लाको सूची पठाउन पार्टीले नेताहरुलाई निर्देशन दिएको थियो । रुची अनुसारका तीन जिल्लाको नाम टिपाउँदा केही जिल्लामा कसैले पनि रुची नदेखाएको एक केन्द्रीय सदस्यले सुनाए । प्रतिनिधि हुन नेताहरुले रुची नदेखाएपछि केन्द्रले ती जिल्लामा प्रतिनिधि तोकेको छ । सय दिने विशेष अभियानमा खटिने प्रतिनिधिको लागि पार्टीले कार्यादेश दिएको छ । जिल्ला गएर पार्टी संगठन सुदृढीकरणका लागि खटिने प्रतिनिनिलाई २ असोजमा पार्टीले अभिमुखीकरण समेत गरिसकेको छ ।

अभियान सकेर फर्किँदा प्रतिनिधिहरुले केन्द्रीय कार्यालयमा संगठनको वस्तुगत अवस्था प्रतिवेदन बनाई केन्द्रमा पेश गर्नुपर्नेछ । आन्तरिक समस्या, हुन नसकेका बैठक÷सम्मेलन, विवाद लगायतका कार्य प्रतिनिधिले जिल्लामा गएर गर्नुपर्नेछ । प्रतिनिधिले वडा, पालिका, जिल्लाको बैठक बस्न नसकेको भए बैठक नियमित बस्ने वातावरण बनाउनु पर्दछ । विभिन्न तहका कार्य समितिलाई वार्षिक कार्यतालिका बनाउन पनि लगाउनेछ ।

प्रतिनिधिले जिल्ला मातहत हुने संरचनामा प्रतिनिधि चयन गरेर खटाउनुपर्ने हुन्छ । सय दिने अभियानमा सदस्यता विशेष अभियानका रुपमा ‘सदस्यता घर आँगन अभियान’ सञ्चालन गरिने भएको छ । क्रियाशील सदस्यता कार्ड पुगे÷नपुगेको अभिलेख राख्ने, सदस्यता कार्ड वितरण नभएको भए केन्द्रीय प्रतिनिधिले वितरणको व्यवस्था गर्नुपर्नेछ । केन्द्रीय प्रतिनिधिले भ्रातृ तथा शुभेच्छुक संस्थामा रहेका समस्या पनि समाधान गर्नुपर्नेछ । भ्रातृ एवं शुभेच्छुक संस्थामा विवाद भए त्यसको प्रकृति निक्र्यौल गरी समाधानका लागि समन्वय गर्नुपर्नेछ ।

प्रतिनिधिले समसामयिक विषयमा समेत पार्टी पङ्तिलाई जानकारी गराउने कार्यादेश दिइएको छ । कांग्रेस र नेकपा एमालेबीच भएको सत्ता सहकार्य, महासमितिबाट पारित दस्तावेज र पार्टीले लिएका मुख्य मुख्य नीति, संविधान संशोधन, सहकारी ठगी प्रकरणमा पार्टीले लिएको अडान लगायतमा प्रतिनिधिले जानकारी गराउनु पर्नेछ ।

यो पनि पढ्नुहोस्

रवि र  बालेन्द्र चुनावी अभियानमा निस्किने

प्रम बालेन र रास्वपाका सभापतिकाे तस्बिर पोस्ट गर्नेले पुरस्कार पाउने

१५ घण्टा अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीको योग्यता उपसभापतिका लागि नपुगेको देखियाे

१९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काेचकाे विवादास्पद अभिव्यक्तिप्रति एफपीएफकाे असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक