काठमाडौं । भदौ महिनामा १ हजार २२१ वटा विद्युतीय कार, जीप, भ्यान भित्रिएका छन् । भन्सार विभागका अनुसार साउन महिनामा ३८१ वटा यस्ता सवारी साधन भित्रिएका थिए ।
दुई महिनामा आएकामध्ये १ हजार १२५ गाडी चीनबाट भित्रिएका छन् ।
नेपालमा चिनियाँ विद्युतीय गाडीको बजार बलियो भन्दै गएको छ । बीवाईडी, एमजी, सेरेस, डिपल, नेटाजस्ता चीनमा निर्मित विद्युतीय गाडीले नेपालमा राम्रो बजार बनाइरहेका छन् ।
दसैँ, तिहार लक्षित नाडा अटो शोको बुकिङले भदौ महिनामा विद्युतीय गाडीको आयात उच्च भएको व्यवसायीहरूले जनाएका छन् ।
भदौ ११ देखि १६ सम्म काठमाडौंमा गाडीहरूको मेला नाडा अटो शो आयोजना गरिएको थियो । जसमा करिब २० अर्ब रुपैयाँ मूल्यका ४ हजार २०० सवारी साधन बुकिङ भएका थिए ।