शनि, अशोज २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

राज्य बलियो नभएसम्म मुलुकको विकास हुन सक्दैन : महासचिव शङ्कर पोखरेल

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
राज्य बलियो नभएसम्म मुलुकको विकास हुन सक्दैन :  महासचिव शङ्कर पोखरेल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रमा जनता र राज्यबिचको सम्बन्ध घनिष्ठ हुनुपर्ने जनाउनुभएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा उहाँले सो कुरा जनाउनुभएको हो ।

महासचिव पोखरेलले जनता र राज्यबिचको सम्बन्ध बिग्रियो भने राज्य कमजोर हुने बताउनुभयो । कमजोर राज्यले जताको संरक्षण र विकास तथा समृद्धिको नेतृत्व गर्न नसक्ने उहाँको भनाइ छ । ‘जबसम्म राज्य बलियो हुँदैन तबसम्म मुलुकको विकास हुन सक्दैन, लोकतन्त्रमा राज्य र जनताबिचको सम्बन्ध घनिष्ठ हुनुपर्दछ’ पोखरेलले भन्नुभयो ।

उहाँले जबसम्म मुलुक बलियो हुन सक्दैन तबसम्म सामुदायिक रेडियोका स्रोत पनि बलियो नहुने बताउनुभयो । मुलुकमा जति समृद्धि, व्यापार, व्यवसाय र उद्यमशीलता बढ्छ त्यति नै सञ्चारमाध्यम पनि फस्टाउने पोखरेलको भनाइ छ । जतिबेला जनता र राज्य जोडिन्छन्, त्यतिबेला विकास, उद्यमशीलता र व्यवसाय बढ्ने उहाँले बताउनुभयो । जनता र राज्यविरुद्ध खाडल खडा गरेर राज्य बलियो नबन्ने कुरामा सञ्चारमाध्यमले ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभयो ।

समयको मागलाई बुझेर भविष्यको यात्रा तय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सञ्चारमाध्यमहरू पपुलिजमको सिकार हुनबाट जोगिनु पर्ने उहाँको भनाइ छ । राज्यको समस्या समाधान गर्न पपुलिजम सधैँ बाधक हुने उहाँले स्पष्ट पार्नुभयो ।

जनतालाई अधिकार सम्पन्न बनाउने कुरा गर्दा कर्तव्यलाई पनि सँगै जोड्नु पर्नेमा उहाँको जोड छ । अधिकारसँग कर्तव्यलाई जोड्दा मात्र मुलुकले समृद्धि प्राप्त गर्ने उहाँले जनाउनुभयो । नेपाली समाज अहिले अधिकार खोज्ने तर कर्तव्य पालना नगर्ने समस्यामा परेकाले सञ्चार माध्यमले समाजलाई त्यहाँबाट बाहिर निकाल्नु पर्ने उहाँले जनाउनुभयो ।

समाजलाई चाहिएको कुरामा अझै सञ्चारमाध्यम केन्द्रित हुन नसकेको महासचिव पोखरेलले बताउनुभयो । अहिले पनि सञ्चारमाध्यमका मुख्य विषयवस्तु राजनीति नै बन्दै आएको उहाँले उल्लेख गर्नुभयो । हिजो राज्यविरुद्ध जनतालाई विद्रोही बनाउन आमसञ्चार माध्यमको प्रयोग गरिएको उहाँले बताउनुभयो । राज्य निरङ्कुश भएको बेला सञ्चारमाध्यमले त्यस रूपमा काम गरेको भए पनि आज व्यवस्था परिवर्तनसँगै सञ्चारमाध्यमको भूमिका पनि फेरिनुपर्ने पोखरेलको धारणा छ ।

युवा पलायन आजको प्रमुख समस्या भएको बताउँदै उहाँले सञ्चार माध्यमले त्यसको कारणबारे विश्लेषण गर्न आवश्यक रहेको जनाउनुभयो । पढेलेखेका युवा कृषिमा जानै नचाहेपछि समाजमा कामको समस्या पैदा भएको उहाँको भनाइ छ । यो तथ्यलाई उजागर गरेर कृषिलाई व्यवसायीकरण र बजारीकरणको विषय प्रवर्धन गर्न सञ्चारमाध्यमले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सञ्चारमाध्यमले व्यवसायी र किसानलाई उत्प्रेरित गर्नुपर्ने उहाँको सुझाव छ ।

यो पनि पढ्नुहोस्

युक्रेनका हजारौं मानिस विद्युतविहीन

यी स्थानमा लाेडसेडिंग हुने

९ घण्टा अगाडि
राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी

राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मकवानपुरमा कुखुरापालनतर्फ आकर्षण बढ्दै

एआईजी वंशीराज दाहालमाथि कारबाही

मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’का विजेता थाईल्याण्डमा नेपालको प्रतिनिधित्व गर्दै

नागरिक आवासका लागि सरकारको प्रयास स्वागतयोग्य

कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न मतदान शुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक