मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

जनकपुरमा संयुक्त मधेश संघर्ष समितिको खबरदारी सभा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
जनकपुरमा संयुक्त मधेश संघर्ष समितिको खबरदारी सभा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जनकपुरधाम । जनकपुरमा संयुक्त मधेश संघर्ष समितिले ‘मधेश र संविधान संशोधन’ मा केन्द्रित भएर खबरदारी सभा गरेको छ । तराई-मधेश लोकतान्त्रिक पार्टीको वरिष्ठ नेता संविधानसभा सदस्य डा. विजय कुमार सिंहको सभापतित्वमा भएको उक्त खबरदारी सभामा वक्ताहरुले नेपाली काँग्रेस र नेकपा ऐमालेद्वारा प्रस्तावित भइरहेको संशोधन जनताको समानुपातिक प्रतिनिधित्व र समावेशिताको अधिकार खोस्ने प्रतिगमन हो ठहर गर्दै त्यस्को विरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएका छन् । उक्त सभामा माओवादी केन्द्रको नेता पूर्वमन्त्री मधेश राष्ट्रिय मुक्ति मोर्चा, नेपालको इन्चार्ज मातृका यादव, पूर्व राष्ट्रिय सभा सदस्य तराई-मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष वृषेशचन्द्र लाल, मधेश राष्ट्रिय मुक्ति मोर्चाको संयोजक र संविधानसभा सदस्य जगत प्रसाद यादव, एकीकृत समाजवादीको नेता शीतल झा, नेपाल सद्भावना पार्टीको का. वा. अध्यक्ष रामकुमार महतो, जनाधिकार पार्टीको अध्यक्ष मो. इमदाद गड्डी, पूर्व मन्त्री माओवादी नेता महेन्द्र पासवान, मधेश प्रदेशका पूर्व मन्त्रीहरू भरत साह, ज्ञानेन्द्र यादव, बोधमाया यादव, नेसपाको महासचिव पवन कुमार साह, महोत्तरी गापाको अध्यक्ष दिलिप पाणडेय, तमलोपाका नेताहरु असगर अली, बिभा ठाकुर र सतीश लाल दासले आ-आफ्नो विचार राखेका थिए ।

तराई-मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले सरकारको स्थायित्वको कुरा उठाउँदै के को स्थायित्व भ्रष्टाचार, भूटानी शरणार्थी, सुन तस्करी, ललिता निवास जग्गा घोटाला, गिरीबन्धु टी-स्टेटको जग्गा घोटाला काण्ड वा सहकारीको माध्यमले जनताको पैसा हडप्ने जस्ता कुराहरुको निमित्त स्थायित्व ? भन्ने प्रश्न राखेका थिए । उनले शासक समूहहरु वर्चस्वको निमित्त संविधानमा अनुचित संशोधन गरेर जनताले ठूलो संघर्ष गरेर जे जति अधिकार प्राप्त गर्न सकेका छन् त्यसलाई उल्टाउने षडयन्त्र भइरहेको आरोप लगाए । लालले भ्रष्टाचार अन्त्य गर्ने, भागबन्डा, भाईभतीजावाद समाप्त गर्ने र विधिको शासन मजबूत गर्नेतिर बहस किन भइरहेको छैन भन्ने प्रश्न उठाए । उनले अग्रगामी संविधान संशोधनको मांग गर्दै प्रतिगामी कुरा गरे कडा संघर्षको बाध्यता हुने चेतावनी दिए ।

नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले मधेशको मुद्दाको मामिलामा मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल डटेर संघर्ष गर्ने कहिल्यै पछाडि नहुने भन्दै पूर्ण समानुपातिक निर्वाचन पद्धति, समानुपातिक समावेशिताको गारन्टी र समग्र मधेश एक प्रदेश हाम्रो लक्ष्य रहेको बताए । वहाँले प्रतिगमनको हामीले डटेर मुकाबिला गर्नेछौं र यसको निमित्त हामी तयार छौं भने ।

आज सम्पन्न खबरदारी सभामा प्रायसः सबै वक्ताहरुले संविधान संशोधन गरी प्रदेशको सीमांकनमा पहचान आधारित सुधार र समग्र मधेश एक प्रदेश, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, समानुपातिक निर्वाचनको क्षेत्र प्रदेश हुनु पर्ने, थ्रेस होल्ड हटाइनु पर्ने, प्रादेशिक राजनीतिक दलहरुलाई मान्यता दिनु पर्ने, मांग राखेका थिए । वक्ताहरुले प्रतिनिधिसभाबाट समानुपातिक निर्वाचन हटाइने प्रस्तावको कडा बिरोध गरेका थिए । नेपाली काँग्रेस र नेकपा एमालेले पंचायतको एक दलीयताको तर्जमा दुईदलीयता लाद्न खोजेको र बहुदलीयता मास्ने षडयन्त्र गरिरहेको आरोप वक्ताहरुको थियो ।

संयुक्त मधेश संघर्ष समितिले मधेशका सबै जिल्लाहरुमा यस्तै खबरदारी सभा आयोजन गरी आन्दोलनको तयारी गर्ने समेत बताइएको छ । आज सम्पन्न उक्त सभामा सबै संघीयतावादी पहचानवादी दलहरुलाई सत्ताको दलदलबाट निस्केर गोलबन्द हुन आह्वान गरिएको छ ।

यो पनि पढ्नुहोस्

पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

३ मिनेट अगाडि
नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

२७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज देशभरि नागपञ्चमी

‘हेलो सर्भिस नेपाल’को नयाँ ब्रान्च बुद्धमलमा

यस्ताे छ माैसम

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक