बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सहकारी रकम अपचलनमा रविको भूमिका नदेखिएको निष्कर्ष

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैँ । सहकारीकाे रकम अपचलन छानविन गर्न गठित संसदीय विशेष समितिले सहकारीको रकम अपचलनमा रवि लामिछानेको भूमिका नदेखिएको निष्कर्ष निकालेकाे छ। सोमबार बिहान पौने ३ बजे सकिएको छानबिन समितिकाे बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएको हाे । यद्यपि प्रतिवेदनमा सदस्यहरुले अन्तिम बैठक बसेर हस्ताक्षर गर्न भने अझै बाँकी छ ।

प्रतिवेदनकाे अन्तिम निष्कर्षकालागि आइतबार ३ बजेदेखि छलफलमा जुटेकाे समितिकाे बैठकले सहकारीकाे रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको भूमिका नदेखिएको निष्कर्ष निकालिएको एक सदस्यले सिधाकुरालाई बताए ।

“प्रतिवेदनकाे मुलभुत कुरामा सहमति जुटेको छ। सहकारीबाट बचतकर्ताको रकम गाेरखा मिडियामा ल्याउने भूमिकामा रवि लामिछानेको संलग्नता पुष्टि भएन” ति सदस्यले सिधाकुरासँग भने ” तर, गाेरखा मिडियामा आएको रकमकाे परिचालन सम्बन्धमा भने रविलाई पनि जिम्मेवार बनाउने कुरा प्रतिवेदनमा उल्लेख छ।” ती सदस्यका अनुसार गाेरखा मिडियामा आएकाे रकम संस्थाकाे तत्कालीन सञ्चालक हस्ताक्षरकर्ताकाे रुपमा उहाँ पनि रहेका कारण उहाँलाई जिम्मेवार बनाउन पर्ने भए कानुनअनुसार गर्नु भन्ने विषय प्रतिवेदनमा उल्लेख छ।

ती सदस्यकाअनुसार सहकारीको रकम अपचलन गरेर गाेरखा मिडियामा आएको कुरामा जीवी राई, छविलाल जाेशी र कुमार रम्तेल संलग्न रहेको पुष्टि भएको छ । तर, गाेरखा मिडियामा साे रकम समेत तलब लगायतमा परिचालनमा मात्रै रवि लामिछाने संलग्न रहेको छानबिनमा देखिएको र साेही आधारमा उनलाई जिम्मेवार बनाउन प्रतिवेदनमा भनिएको हाे ।

आफैँले सहकारीबाट बचतकर्ताकाे रकम गैरकानुनी ढङ्गबाट गाेरखा मिडिया वा आफ्नै खातामा ल्याएको र त्यसकाे अपचलन गरेको भन्ने कुरा समितिले गरेको छानबिनमा नदेखिएकाे छानबिन समितिकाे निष्कर्ष छ।

गत जेठ १५ गते एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा ७ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन भएको थियो। समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र सुरुमा बद्री पाण्डे र पछि उनको स्थानमा दिलेन्द्रप्रसामद बडु, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान छन्। समितिको पहिलो बैठक जेठ २३ गते बसेको थियो।

तीन महिनाको समय पाएको समितिले निर्धारित समयमा प्रतिवेदन बुझाउन नसकेपछि १५ दिन थप गरिएको थियो। थपिएको समय असोज ६ गतेसम्म छ, तर आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार मध्यरातदेखि संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेकाले समितिले प्रतिवेदन समयसीमाअगावै तयार पारेको हो। प्रतिवेदनमा आज दिउँसो अन्तिम बैठकले हस्ताक्षर गरेर सभामुखलाई बुझाउने तयारी छ ।

यो पनि पढ्नुहोस्

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा

९ घण्टा अगाडि
सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने

सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काेचकाे विवादास्पद अभिव्यक्तिप्रति एफपीएफकाे असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक