आइत, कार्तिक ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ट्रम्पलाई गोली चलाएको आरोपमा एक व्यक्ति पक्राउ

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 mins read
0
ट्रम्पलाई गोली चलाएको आरोपमा एक व्यक्ति पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फ्लोरिडाको एक गोल्फ कोर्समा हत्याको प्रयास भएको छ । उनी एक सम्भावित हत्याको प्रयासबाट जोगिएको एफबीआईले जनाएको छ ।

गोप्य सेवाका एजेन्टहरूले ट्रप लक्षित राइफलको नाल देखेका थिए र त्यसपछि गोली चलाएको थियो । एफबीआईकाअनुसार आक्रमणकारीभन्दा ट्रम्प यस समयमा ३००–५०० गज (२७५ देखि ४५५ मीटर) टाढा रहेका थिए ।

घटनास्थलमा एक एके४७–शैलीको हतियार र स्कोप, दुईवटा ब्याकप्याक, र एक गोप्रो क्यामेरा फेला परेका छन् । एक प्रत्यक्षदर्शीका अनुसार अनुसार आरोपी झाडीबाट दौडेर काला निसान कारमा हामफालेको थियो ।

उसलाई धेरै पटक गोली चलाएपछि गिरफ्तार गरिएको थियो । पुलिसले घटनाको अपडेट दिने क्रममा भनेको छ उक्त साक्षीले वाहन र नम्बर प्लेटको तस्वीर लिएका थिए र पछि मार्टिन काउन्टीमा सो कारलाई रोकिएको थियो ।

यो घटना पूर्व राष्ट्रपति ट्रम्पलाई दुई महिनाअघि पेनसिल्वेनियामा गोली हानिएको घटनापछि भएको हो । यस घटनामा ट्रम्पको कानमा गोली लागेको थियो र एक दर्शकको मृत्यु भएको थियो ।

गोली चलाएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ । उनको नाम रायन रोथ हो । ५८ वर्षीय रोथ नर्थ क्यारोलिनाको ग्रिन्सबोरो क्षेत्रका बासिन्दा हुन् । उनी पेसाले पूर्व निर्माण मजदुर हुन् ।

रोथ यसअघि पनि लागुऔषध ओसारपसार, बिना लाइसेन्स र बिमा सवारीसाधन चलाएको आरोपमा पक्राउ परेका थिए । उनी सन् २०१७ मा हवाई गएका थिए । उनी घरबारविहीन मानिसका लागि साधारण आवास बनाउने सेड-निर्माण कम्पनी चलाउँछन् । डेली मेलका अनुसार यस वर्षको सुरुमा रिपब्लिकन पार्टीमा प्राइमरी चुनाव भइरहेका बेला रोथले ट्रम्पविरुद्ध लडिरहेका उम्मेदवार विवेक रामास्वामी र निक्की हेलीलाई समर्थन गरेका थिए ।

रोथ पक्राउ परेपछि उनको फेसबुक र एक्स एकाउन्ट बन्द गरिएको छ । उनले सामाजिक सञ्जालमा ट्रम्पविरुद्ध धेरै पोस्ट गरेका थिए । साथै, उनले डेमोक्र्याटिक पार्टीलाई समर्थन पनि गरेका छन् । रोथ युक्रेनका लागि कोष जुटाउने कार्यक्रममा संलग्न भएका थिए । उनी सन् २०२२ मा युक्रेन पनि गएका थिए ।

यो पनि पढ्नुहोस्

मेक्सिकोमा  जेन-जीको प्रदर्शनमा १ सय २० घाइते

मेक्सिकोमा जेन-जीको प्रदर्शनमा १ सय २० घाइते

२१ मिनेट अगाडि
सेनबामको सरकारविरुद्ध आयोजित विरोध प्रदर्शन

सेनबामको सरकारविरुद्ध आयोजित विरोध प्रदर्शन

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एनपीएलकाे तयारी पूरा

हाथु भैरवको मुर्ति बनाउने कार्य जारी

नयाँ पुस्तासँग बृहत् सम्झदारी गर्न सरकारसँग माग

 तीन वर्षीय बालकको जीवन बचाउन अपिल

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाउने

पार्टी एकता बारे राई र यादवसँग छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक