शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ब्रिटिस कलेज र ई–वर्क्स बीच साझेदारी घोषणा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
ब्रिटिस कलेज र ई–वर्क्स बीच साझेदारी घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी) ले ग्लोबल आईटी कम्पनी ई–वर्क्स बीच साझेदारीको घोषणा गरेको छ ।
अध्ययनरत र पूर्वविद्यार्थीको ज्ञानको दायरालाई अभिवृद्धि गर्ने उद्देश्यका साथ ब्रिटिस कलेजले महत्त्वपूर्ण साझेदारी गरेको कलेजले जनाएको छ ।
ई–वर्कस्ले सफ्टवेयर डिभलपमेन्ट, डेटा–ड्रिभन डिजिटल मार्केटिङ र क्रिएटिभ डिजाइनका सेवाहरू प्रदान गर्दै आइरहेको छ । नवीन र उत्कृष्टता सेवा प्रदान गर्दै आइरहेको ई–वर्कस् विश्वभरका सेवाग्राहीलाई उच्चस्तरीय सेवा प्रदान गर्ने संस्था हो ।
बेलायतको लन्डनमा स्थापना भएको ई–वर्कस्ले नेपालमा पनि शाखा विस्तार गरेसँगै ब्रिटिस कलेजले विद्यार्थीलाई ग्लोबल एक्सपोजर दिनका लागि साझेदारीको घोषणा गरेको हो ।
ई–वर्कस्को कुल कर्मचारीमध्ये २० प्रतिशत ब्रिटिस कलेजका ग्राजुयटहरू हुन् । क्षमतावान् भएकै कारण विद्यार्थीहरूले यो अवसर प्राप्त गरेका हुन् ।
ई–वर्क्स जस्तो कम्पनीमा काम गर्ने अवसर प्राप्त गरेको कारण पनि टीबीसीका ग्राजुयटहरू कस्तो छन् भन्ने प्रमाणित भएको छ ।साझेदारीसँगै कलेजका विद्यार्थीहरूले ई–वर्कसमा ईन्टर्नसिप गर्ने मौका समेत पाउनेछन् । यस अवसरले शैक्षिक क्षेत्रको उत्पादन र उद्योगको आवश्यकताबीचको ग्यापलाई पूरा गर्न मद्दत पुर्‍याउने कलेजको विश्वास छ ।
‘यो साझेदारी हामीले गरेका प्रतिबद्धताहरु पूरा गर्न मात्र नभई विद्यार्थीको भविष्य उज्वल बनाउन पनि उत्तिकै महत्त्वपूर्ण छ,’ कलेजका डेप्युटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रुडेनले भने, ‘हाम्रो शैक्षिक उत्कृष्टतालाई अझै बढावा दिन ई–वर्कस्जस्ता कम्पनीहरूसँग सहकार्य गरेर सूचना प्रविधिको क्षेत्र र अर्थतन्त्रका लागि फाइदा पुग्ने गतिविधिहरू सञ्चालन गरिरहेका छौं ।’
त्यस्तै, अमेरिकामा पनि शाखा कार्यालय रहेको ई–वर्क्सले सीईओ जोन पार्कले भने, ‘ब्रिटिस कलेजका ग्राजुयटहरूसँग काम गरिहँदाको अनुभव राम्रो भइरहेको छ । यस औपचारिक साझेदारीले कलेजसँगको सम्बन्धलाई अझै गहिरो बनाउन र भविष्यका आईटी क्षेत्रका प्रतिभालाई अवसर प्रदान गर्ने बाटो खुलेको छ । हामी विश्वमा प्रचलित नवप्रवर्तन र नयाँ दृष्टिकोणबारे विद्यार्थीले राख्ने धारणा बुझ्न उत्साहित छौं ।’
ब्रिटिस कलेजले ७० भन्दा बढी अग्रणी फिनटेक कम्पनीहरुसँग पार्टनरशिप गरेको छ । जसबाट विद्यार्थीहरुले नेपाल तथा विदेशमा प्लेसमेन्टको अवसरहरु प्राप्त गरेका छन् । ई–वर्कस्मा पनि विद्यार्थीहरुले इन्टर्नशिप सुरु गरिसकेका छन् ।
पछिल्लो तथ्यांक अनुसार नेपालमा सूचना–प्रविधि क्षेत्रले वार्षिक २ खर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दा १ खर्ब रुपैयाँ बराबरको निर्यात गरेको छ । नेपाल सरकारले पनि सूचना प्रविधिको क्षेत्रलाई बढावा दिइरहेको बेला यस्ता सहकार्यले विशेष योगदान पुर्‍याउने ब्रिटिस कलेजको विश्वास छ ।

यो पनि पढ्नुहोस्

बालिका शिक्षा कार्यक्रमको प्रगतिहरूको बैठक सम्पन्न

बालिका शिक्षा कार्यक्रमको प्रगतिहरूको बैठक सम्पन्न

२ दिन अगाडि
प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सूचना नदिँदा अनुमान गरेर गाडी आयात गर्ने व्यापारीहरु मर्कामा

एन्फाबारे छानबिन गर्न समिति गठन

इतिहासमै ठुलो वित्तीय अपराध : बिचौलिया भट्टदेखि व्यावसायिक घरानाविरुद्ध एकैपटक चार मुद्दा दायर

नेपालभाषाकाे पाठ्यपुस्तक अभावबारे ध्यानाकर्षण

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक