काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। गत भदौ १२ मा नेकपा एमालेका सांसद योगेश भट्टराईले बोलेको हिंसा शब्द रेकर्डबाट हटाउन माओवादीले माग गरेको थियो। तर आजको बैठकमा सभामुख घिमिरेले भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाएका थिए।
सभामुखको उक्त निर्णयलाई लिएर संसद्मा चर्काचर्की भएको थियो। सभामुखले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न दिएका थिए। पाण्डेको जवाफ एमाले सांसद रघुजी पन्तले फर्काएका थिए। उनले माओवादीले पहिला पनि आफूहरूलाई हिंसा भन्ने गरेको र आफूहरूले पहिला पनि हिंसा शब्द संसद्मा प्रयोग गरेको बताएका थिए।