धुलिखेल । कुमारी बैंकका ग्राहकहरूले धुलिखेलस्थित दुसित ठानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट पाउने भएका छन् ।
कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई थप अर्को सुविधा प्रदान गर्न दुसित ठानी हिमालयन रिसोर्टमा त्यस्तो सम्झौता गरेकव हो ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरुले दुसित ठानी हिमालयन रिसोर्टबाट प्रदान गरिने सेवाहरु जस्तै; खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्वीमिङ पुल, ज्याकुजी, स्टिम तथा सोनामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ सेवाबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहकहरूलाई प्रभावकारी वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।