मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आइफोन-१६ सिरिज सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
आइफोन-१६ सिरिज सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  अमेरिकी टेक्नोलोजी कम्पनी एप्पलले आइफोन-१६ सिरिज सार्वजनिक गरेको छ।

सोमबार राति क्यालिफोर्नियाको क्युपर्टिनोस्थित एप्पल पार्कमा आयोजना गरिएको विशेष कार्यक्रममा आइफोन-१६ सिरिज सार्वजनिक गरिएको हो।

यस पटक कम्पनीले कार्यक्रमको नाम ‘इट्स ग्लोटाइम’ राखेको थियो। कार्यक्रममा एकपछि अर्को गर्दै धेरै एप्पल उपकरणहरू सार्वजनिक गरिएको थियो।

एप्पल वाच सिरिज-१०, एयरपड्स-४, एप्पल वाच अल्ट्रा-२, एयरपड्स म्याक्स लन्च गरेपछि कम्पनीले आइफोन-१६ सिरिज सार्वजनिक गरेको थियो।

यस सिरिजमा आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्स गरी चार वटा मोडलहरू रहेका छन्।

यस्ता छन् विशेषता?
एप्पलको यो कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्समा बढी जोड दिएको देखियो। यस्तो अवस्थामा अब आइफोनको नयाँ सिरिजमा कम्पनीको आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स प्रणाली एप्पल इन्टेलिजेन्स आउँदैछ।

कार्यक्रममा एप्पल कम्पनीका प्रमुख कार्यकारी टिम कुकले भने, ‘हामी एप्पलको इन्टेलिजेन्स र यसको उत्कृष्ट क्षमताको साथ नयाँ डिजाइनमा आइफोन प्रस्तुत गर्दैछौँ।’

कम्पनीले नयाँ एआई सपोर्टसँगै टेक्स्ट, पिक्चर र भिडियोमा सपोर्ट उपलब्ध हुनुका साथै ‘सिरी’ पनि पहिलेभन्दा धेरै प्रभावकारी हुने दाबी गरेको छ।

यद्यपि, एप्पल इन्टेलिजेन्स सुविधा केही महिनापछि मात्र उपलब्ध हुनेछ। पहिले यो केही देशहरूमा परीक्षणका लागि मात्र सार्वजनिक हुनेछ।

यसका अलावमा आइफोनमा क्यामरा क्याप्चर बटन हुनेछ। जुन क्यामरा एप खोल्ने फोटो तथा भिडियो खिच्न र जुम गर्न समेत प्रयोगमा आउनेछ।

फोनमा नयाँ शक्तिशाली चिपसेट ए १८ बायोनिक उपलब्ध हुनेछ, जुन आइफोन १५ भन्दा ३० गुणा शक्तिशाली र ३० प्रतिशत कम पावर खपत गर्ने कम्पनीको दाबी छ।

रङ, डिस्प्ले र क्षमता
आइफोन १६ र आइफोन १६ प्लस कालो, सेतो, गुलाबी, टील, अल्ट्रामरीन गरी पाँचवटा रङमा पाइनेछ भने आइफोन १६ प्रो र प्रो म्याक्स कालो टाइटेनियम, सेतो टाइटेनियम, न्याचुरल टाइटेनियम र डेज़र्ट टाइटेनियम गरी चार रङमा उपलब्ध हुनेछ।

डिस्प्लेको साइजको कुरा गर्ने हो भने आइफोन १६ मा ६.१ इन्च, आइफोन १६ प्लसमा ६.७ इन्च, आइफोन १६ प्रोमा ६.३ र आइफोन १६ प्रो म्याक्समा ६.९ इन्च छ।

आइफोन १६

आइफोन १६

क्षमताको मामलामा आइफोन १६, आइफोन १६ प्लसको १२८ जीबी, २५६ जीबी र ५१२ जीबी गरी तीनवटा भेरियन्ट छन् भने आइफोन १६ प्रो १२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी गरी चार भेरियन्टमा उपलब्ध हुनेछ।

आइफोन १६ प्रो म्याक्स भने २५६ जीबी, ५१२ जीबी र १ टीबी गरी जम्मा तीन भेरियन्टमा मात्र पाइनेछ।

कति पर्छ मूल्य ?
आइफोन १६ को सुरुवाती मूल्य ७९९ डलर (करिब एक लाख सात हजार रुपैयाँ) र आइफोन १६ को मूल्य ८९९ डलर (करिब एक लाख २० हजार रुपैयाँ) तय भएको छ।

 

आइफोन १६ प्रोको सुरुवाती मूल्य ९९९ डलर (करिब एक लाख ३४ हजार रुपैयाँ) हुँदा आइफोन १६ प्रो म्याक्सको सुरुवाती मूल्य ११९९ डलर (करिब एक लाख ६१ हजार रुपैयाँ) कायम गरिएको छ।

शुक्रबारदेखि प्रि अर्डर गर्न सकिने फोन सेप्टेम्बर २० मा उपलब्ध हुनेछ।

यो पनि पढ्नुहोस्

सामसंगकाे नयाँ माेबाइलहरु सार्वजनिक

सामसंगकाे नयाँ माेबाइलहरु सार्वजनिक

३ दिन अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नागरिकको जीउज्यानमाथिदमन गरेको भन्दै घोर भर्त्सना

डायस्पोरा बण्ड सुरु गर्नुभन्दा पहिला वितको समीक्षा गरौँ : उपाध्यक्ष लोक दाहाल

आज प्रधानमन्त्री र उपकुलपतिहरूबीच छलफल हुने

चलचित्र ‘स्टेशन’को शुभमुहूर्त

राप्रपाकाे बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक