बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ज्ञानेन्द्रलाल प्रधानविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
ज्ञानेन्द्रलाल प्रधानविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले गैरकानुनी गतिविधि मार्फत २६ करोड भन्दा धेरै सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ समक्ष सिफारिस गरेको छ।

सेयरको भित्री चलखेल (इन्साइडर ट्रेडिङ)मा संलग्न भएर उनले गैरकानुनी सम्पत्ति आर्जन गरी सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएपछि मुद्दा चलाउन विभागले सिफारिस गरेको हो ।

विभागले करिब एक वर्ष लगाएर गरेको अनुसन्धानमा व्यवसायी प्रधानले नेपाल हाइड्रो डेभलपर लिमिटेडको अध्यक्ष रहँदा आफ्ना परिवारको नाममा सेयर खरिदबिक्री गर्दै गैरकानुनी रूपमा रकम आर्जन गरेको देखिएको छ ।

विभागले करिब एक सय पृष्ठमा अध्ययन प्रतिवेदन तयार गरेको छ। उक्त प्रतिवेदनमा उनले २६ करोड ३३ लाख ५६ हजार ५ सय ५७ हजार रकम गैरकानुनी रूपमा आर्जन गरेको दाबी गर्दै विभागले सोही बराबर बिगो र जरिवाना माग गर्नुपर्ने सिफारिस गरेको छ। विभागले यो कार्यमा संलग्न भएको भन्दै प्रधान छोरा चेतन प्रधान, श्रीमती विमला श्रेष्ठ प्रधान र छोरी निभिता प्रधानलाई पनि प्रतिवादी बनाउन सिफारिस गरेको छ।

दोस्रो बजारमा नेपाल हाइड्रो डेभलपरमा पटक पटक गरी सेयर अलग भएको परिवारको नाममा हस्तान्तरण गरिएको देखिएको र त्यसबाट धितोपत्र बोर्ड ऐन विपरीतको कार्य गर्दै सम्पत्ति शुद्धीकरणको कार्य समेत गरेको विभागको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। प्रधानले आफू अध्यक्ष रहेको कम्पनीको सेयर घरायसी नामसारी गरी तत्काल विक्री गरी इन्साइडर ट्रेडिङ गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै प्रधानको परिवारविरुद्ध जिल्ला अदालत काठमाडौँमा नेपाल धितोपत्र बोर्डले पनि २०८० वैशाखमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा हाल विचाराधीन रहेको छ। जिल्ला सरकारी वकिल कार्यालयमा एक दुई दिनअघि फाइल प्राप्त भएको र अहिले फाइल अध्ययन चलिरहेको छ।

सेयर किनबेचको कुरा प्राविधिक भएको र सम्पत्ति शुद्धीकरण नै प्राविधिक विषय भएकाले केही अध्ययन चलिरहेको र अपुग भएका कुरा माग गरेर जिल्ला अदालतमा मुद्दा दायर गर्ने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।

यो पनि पढ्नुहोस्

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा

७ घण्टा अगाडि
सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने

सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काेचकाे विवादास्पद अभिव्यक्तिप्रति एफपीएफकाे असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक