मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सार्ककाे निर्वाचन गर्ने निकायहरुको साझा मञ्चको १२ औं सम्मेलन सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
सार्ककाे निर्वाचन गर्ने निकायहरुको साझा मञ्चको १२ औं सम्मेलन सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । निर्वाचन आयोग नेपालको आयोजनामा भदौ १९ मा समुद्‍घाटन भएको दक्षिण एसियाली मुलुकका निर्वाचन व्यवस्थापन गर्ने निकायहरुको साझा मञ्च (FEMBoSA) को बाह्रौँ सम्मेलन काठमाडौं घोषणापत्र जारी गरी २०८१ भदौ २० मा सम्पन्न भएको छ ।

यस सम्मेलनमा दक्षिण एसियाली मुलुकका निर्वाचन व्यवस्थापन गर्ने निकायहरुको साझा मञ्चका सदस्य राष्ट्रहरुमध्ये नेपाल, भारत, भुटान, श्रीलंका र माल्दिभ्सका निर्वाचन आयोगका प्रमुख तथा उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो।

सम्मेलनमा निर्वाचन सम्बन्धमा विश्व्यापी रुपमा देखिएका प्रवृत्तिहरुका सम्बन्धमा छलफल हुनुका साथै “निर्वाचन र जलवायु परिवर्तन”, “निर्वाचन र आप्रवासन” र “निर्वाचन र सामाजिक सञ्जाल” गरी तीनवटा विषयहरुमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुत गरी विस्तृत छलफल भएको थियो । सम्मेलनको अन्त्यमा निर्वाचन व्यवस्थापनका लागि आगामी दिनमा गर्नु पर्ने सुधारका पक्षहरुमा केन्द्रित रही बाह्र बुँदे काठमाडौं घोषणापत्र जारी गरिएको छ ।

काठमाडौं घोषणापत्रमा FEMBoSA अन्तर्गतका निर्वाचन व्यवस्थापन निकायहरुको संस्थागत र मानवीय क्षमतालाई सुदृढ गर्न एकसाथ काम गर्ने, एक अर्काको ज्ञान, सान्दर्भिक अध्ययन प्रतिवेदनहरू र अनुसन्धान प्रकाशनहरू अनलाइन प्लेटफर्महरू मार्फत साझा गरेर सदस्य निकायहरूबीच पारस्परिक सहयोग र सिकाइलाई थप प्रवर्द्धन गर्न प्रतिवद्धता जनाइएको छ ।

त्यसैगरी जलवायु परिवर्तनले अर्थतन्त्र, जनस्वास्थ्य र जीविकोपार्जन लगायत निर्वाचन प्रक्रियाहरूमा प्रतिकूल असर पर्ने गरेको हुनाले मितव्ययी र वातावरणमैत्री निर्वाचन व्यवस्थापन प्रविधि र अभ्यासलाई प्रवर्द्धन गर्ने प्रतिवद्धता जनाइएको छ ।

कृत्रिम वौद्धिकता (AI) लगायतका सामाजिक सञ्जाल प्लेटफर्महरूबाट सिर्जित अवसरहरूबाट लाभ लिन र यी उदीयमान प्राविधिक विकासहरूबाट हुने जोखिम र चुनौतीलाई नियन्त्रण र न्यूनीकरण गर्न सहयोग प्रवर्द्धन गर्ने साझा रणनीति तथा कार्य योजनाहरू बनाउन सबै सहभागी निकायहरुले सहमति जनाएका छन् ।

निर्वाचनलाई थप सहभागितामूलक र समावेशी बनाउन रोजगारी, शिक्षा वा अन्य उद्देश्यका लागि देश बाहिर रहेका मतदान गर्न योग्य नागरिकहरूलाई सम्बन्धित देशहरूमा प्रचलित कानूनहरू अनुरूप निर्वाचन प्रक्रियाहरूमा समावेश गर्ने विषयमा पनि प्रतिवद्धता जनाइएको छ। घोषणापत्रमा निर्वाचन व्यवस्थापनमा साझा उद्देश्य र परिणाम प्राप्त गर्न विगतका सम्मेलनहरूमा भएका महत्त्वपूर्ण निर्णयहरूको समयसापेक्ष र द्रुत कार्यान्वयनलाई जोड दिइएको छ।

FEMBoSA का सदस्य राष्ट्रहरू अध्यक्षताको अवधिको लागि अध्यक्षको रूपमा तोकिएको सदस्य देशको निर्वाचन व्यवस्थापन निकायमा FEMBoSA को सचिवालय राख्न सहमत भएका छन् ।

सचिवालयले FEMBoSA सदस्यहरूको निर्वाचन आयोगहरूसँग नियमित सम्पर्क राख्ने, महत्त्वपूर्ण नीतिहरूको अद्यावधिक अभिलेख राख्ने र अन्य सहयोगी कार्यहरू आयोजना गर्ने अपेक्षा गरिएको छ। बाह्रौँ सम्मेलनले नेपाललाई दक्षिण एसियाली मुलुकका निर्वाचन व्यवस्थापन गर्ने निकायहरुको साझा मञ्च (FEMBoSA) को नयाँ अध्यक्षमा चयन गरेको छ ।

यो पनि पढ्नुहोस्

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा

५ घण्टा अगाडि
सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने

सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काेचकाे विवादास्पद अभिव्यक्तिप्रति एफपीएफकाे असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक