मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको प्रथम भेला सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको प्रथम भेला सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं  । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको प्रथम राष्ट्रिय भेला तथा बार्षिकोत्सब भाद्र १९ गते  काठमाडाैं को सेतोपुलस्थित कृष्णसेन इच्छुक प्रतिष्ठानमा सम्पन्न भयो । यस भेलाले संयोजकको चयनकासाथै संयोजक सहीत पाँच सदस्यीय कार्य सम्पादन समितिको गठन पनि गरेको छ । त्यसको संयोजक क. लोकनारायण सुबेदी र सदस्यहरुमा क.सन्तबहादुर नेपाली, क.पुष्कर गौतम, क. लक्ष्मण उप्रेति र क. शैलज पौडेल चयन हुनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदीको अध्यक्षता तथा अखिल नेपाल कम्युनिष्ट पार्टी एकता संयोजन समितिका सदस्य क.लक्ष्मण उप्रेतिको सञ्चालनमा सम्पन्न भएको भेलाको बन्द सत्रमा संयोजक क. सन्तबहादुर नेपालीले मोर्चाको समीक्षा पत्र र मोर्चाका सदस्य क. पुष्कर गौतमले कार्य बिधिमा संशोधन प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । ती दुबै दस्तावेजमा ब्यापक छलफल गरी परिमार्जन सहीत पारित गरिएको थियो । भेलाल राष्ट्रिय र अन्तर्राष्ट्रि महत्वका बिभिन्न प्रस्तावहरु प्नि पारित गरेको छ ।

राष्ट्रिय भेलाको उद्घाटन सत्रको कार्यक्रमका प्रमुख अतिथि मोर्चाको घटक क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल राष्ट्रिय महाधिवेशन समितिका संयोजक क. मोहन बैद्य ‘किरण’ हुनुहुन्थ्यो र उहाँले नै कार्यक्रमको ब्यानर पढेर भेला तथा बिशेष कार्यक्रम उद्घाटन भएको घोषणा गर्नु भएको थियो । यस उद्घाटन कार्यक्रमका अध्यक्षता मोर्चाका संयोजक सन्तबहादुर नेपालीले गर्नु भएको थियो । मोर्चाका सचिवालय सदस्य संगीत श्रोताको संचालन तथा सचिवालय सदस्य पुस्कर गौतमको स्वागतमा शुरु भएको कार्यक्रमको आरम्भमा ज्ञात अज्ञात महान शहिदहरुप्रति एक मिनेट मौनधारणकासाथ कार्यक्रम अघि बढेको थियो ।

उदघाटन सत्रमा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि मोहन बैद्य किरणले भेला सफलताको शुभकामना दिनुको साथै नेपाली कम्युनिष्ट आन्दोलन रक्षात्मक रुपमा रहेको भन्दै यो अवस्थामा क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुन आवश्यक रहेको बताउनु भएको थियो । उहाले क्रान्तिकारी कम्युनिष्ट शक्तिहरु एकताबद्ध हुन पर्ने त्यसो गर्न नसके संयुक्त मोर्चा गठन गरेर पनि जान पर्ने अहिलेको देशको राष्ट्रिय आवश्यकता रहेको कुरामा जोड दिए । नेपालमा बाह्य रुपमा हेर्दा सडक ,सदन, र सरकारमा कम्युनिष्ट नै कम्युनिष्ट रहेको भन्दै सच्चा कम्युनिष्ट कोहो ? भन्ने भेद खुल्न नसकेको कुरा उहाँले औंल्याउनु भएको थियो । नेपालको कम्युनिष्ट आन्दोलनको विभिन्न तीता मीठा अनुभव रहेको यथार्थ पनि सुनाउँदै उहाँले सही किसिमले एकता अभियानलाई अघि बढाउनु पर्ने कुरामा जोडदिनु भएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा मोर्चाका एक घटक नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीे यो मोर्चा साम्राज्यवाद विरोधी र प्रतिगमन विरोधी शक्तिहरुको साझा मञ्च रहेको  जनाए ।

छद्मभेषी अवसरबादीहरुले कम्युनिष्ट आन्दोलनको चिन्तन र चरित्र छोडेर प्रतिगामी, यथास्थितिबादी बिदेशी शक्तिसँग साँठगाठ गरेकोले यस्ता बिचलनकारीहरुबाट जनतामा कम्युनिष्टहरुप्रतिको दृष्टिकोण अबिश्वापूर्ण र दुःखद रहेको उल्लेख गर्नु हुँदै जनतामा संसदीय भासमा डुबेका र सशस्त्र संघर्ष गरेका सबैलाई हेरियो ,देखियो भन्ने स्थिति रहेकोले त्यो कुरालाई व्यवहारले नै चिर्नु पर्ने कुरामा उहाँले जोड दिनुभयो । विश्वमा पनि अनुकूल वातावरण नरहेको कुरा स्मरण गराउँनु हुँदै उहाँले कसैले केही नगर्ने रहेछ भन्ने भ्रमपूर्ण स्थितिमा कम्युनिष्ट आन्दोलन पुगेको बताउनु भयो । उहाँले मान्छेको भीडले क्रान्ति नगर्ने भन्नु हुँदै सही दृष्टिकोण, बिचार र नीतिका आधारमा थप अधिकार र अग्रगामी उन्नत परिबर्तककोलागि जनतालाई सचेत पार्नुपर्ने कुरामा जोड दिनु भयो ।

ने.क.पा. माक्र्सवादी पुस्पलालका नेता अच्युत ज्ञवालीले विगतमा वाम घटकहरुको अनेकौं मोर्चा बनेको र विघटन भएको अनुभव सुनाउँनु हुदै क्रान्तिकारी राष्ट्रिय मोर्चालाई विघटन हुनबाट जोगाउनु सबभन्दा ठूला काम हुने बताउनु भयो र अब हुन्छ कि तब हुन्छ कि भन्दा भन्दै कम्युनिष्ट भन्नेहरुले नै देश बेचेको अनुभव सुनाउनु भयो ।

अर्का वक्ता माक्र्सवाद तथा पुष्पलाल मञ्चका संयोजक उदयराज अधिकारीले राष्ट्रिय भेला हुनु नै केही हुँदैछ भन्ने रहेको कुरा रहेको बताउनु हुँदै पुराना कुरा दिमागमा राखेर पुर्वाग्रही भएर नयाँ कुरा नआउने भन्दै पुष्टी नभएका कुराहरु हटाएर पुष्टी भएका कुरा लिएअगाडि बढ्नुपर्ने कुरामा जोड दिनु भयो ।

नपाल कम्युनिष्ट पार्टीा. (मशाल)का राष्ट्रिय भेला आयोजक समितिका संयोजक विमल शर्माले नेपालको कम्युनिष्ट आन्दोलन एकीकृत बनाउने कुरा पहिलेदेखिकै कुरा भएको भन्दै लेख्न जतिपनि लेख्ने तर व्यवहार र सर्वहारा दृष्टिकोणमा समस्या रहेको र यस कुरालाई ब्यवहारबाट हटाउनु पर्ने जनाउनु भएको थियो ।

प्रतिरोध जनअधिकार आन्देलनका संयोजक प्रमोद धितालले नेपालको कम्युनिष्ट आन्दोलनमा ,क्रान्ति ,विद्रोह आन्दोलनमा पनि कारोबार किनबेचको लेनदेन चलिरहेको बताउँदै यसका विरुद्ध निर्मम सैद्धान्तिक संघर्ष गर्नु पर्ने र भण्डाफोर गर्नुपर्ने कुरा जोडदाररुपमा उठाउनु भएको थियो ।

नयाँ जनवादी मोर्चाका संयोजक निदेश बर्तौलाले वर्गविहीन समाज निर्माण गर्ने महान अभियानमा सबै लाग्नु पर्ने धारणा राख्नु हुँदै सही कम्युनिष्टहरु सही दृष्टिकोणका आधारमा एकताबद्ध नभै सुख छैन भन्नु भयो ।

उद्घाटन कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष सन्तबहादुर नेपालीले विगतमा गठन भैरहेको जस्तो मोर्चा यो राष्ट्रिय क्रान्तिकारी मोर्चा नभएको उल्लेख गर्दै यसको स्थापनामा यसमा आबद्ध सबै घटकका नेता कमरेडहरुको अथक मिहनेत परेको यसले कार्यविधि बनाएर व्यवस्थित हुँदै गईरहेको धारणा राख्नु हुँदै उद्घाटन सत्रको समापन गर्नु भएको थियो । यो राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको गठन गत बर्ष २०८० साल भदौ १९ गते घोषणा गरिएको थियो ।

यो पनि पढ्नुहोस्

रवि र  बालेन्द्र चुनावी अभियानमा निस्किने

प्रम बालेन र रास्वपाका सभापतिकाे तस्बिर पोस्ट गर्नेले पुरस्कार पाउने

७ घण्टा अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीको योग्यता उपसभापतिका लागि नपुगेको देखियाे

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काेचकाे विवादास्पद अभिव्यक्तिप्रति एफपीएफकाे असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक