काठमाडौं । संविधान दिवस तीन दिन मनाउन सरकारले मातहतका सबै कार्यालयमा परिपत्र गरेको छ । जसअनुसार असोज २, ३ र ४ गते विविध कार्यक्रमसहित दिवस मनाउन लागिएको हो ।
२०७२ सालमा संविधानसभाबाट संविधान बनेको खुसीयालीमा हरेक वर्ष असोज ३ मा दिवस मनाइँदै आएको छ ।
संविधान दिवस मूल समारोह समितिले तीनै तहका सरकार, सबै मन्त्रालयसहितलाई अनुमोदिन कार्यक्रमसहित निर्देशन पठाएको हो। संशोधित कार्यक्रम अनुसार, असोज २ गते सरकारी र गैरसरकारी कार्यालयमा दीप प्रज्वलनसहित विभिन्न ८ कार्यक्रम हुनेछन् ।
असोज ३ गते १२ वटा कार्यक्रम तय भएका छन्। संविधान दिवसको मुख्य दिन सार्वजनिक सञ्चार माध्यम र आम नागरिकको घरमा राष्ट्रिय झन्डा फहराउने तथा साँझ दीपावली गर्ने कार्यक्रम तय भएको छ ।


