मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालको पानी कतारमा बिक्रीका लागि पहल गर्ने  : प्रस्तावित राजदूत पौडेल

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालको पानी कतारमा बिक्रीका लागि पहल गर्ने  : प्रस्तावित राजदूत पौडेल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कतारका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेलले आफ्नो पहिलो प्राथमिकता श्रमिकका समस्या समाधान हुने जनाएका छन् । मंगलबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा सांसदहरूको प्रश्नको जवाफ दिँदै पौडेलले श्रमिकका समस्या समाधानका लागि लाग्ने, व्यापारसँग जोडिएका कुराहरू, प्रत्यक्ष एफडिआई भित्राउने विषयमा लागिपर्ने जनाए ।

सांसदहरूले नेपालको पानी कतारमा बिक्री गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्नमा उनले त्यसका लागि पनि आफूले पहल गर्ने  जनाए । कतारसँग पानी व्यापार, अलैँची लगायत अर्थोडक्स चिया लगायत थुप्रै कुराहरू रहेको र  यस्ता कुरा कतार पुर्‍याएर बिक्री गर्न त्यत्तिकै जटिल रहेको पनि उल्लेख गरे ।

उनले विगतमा आफू अलि–अलि राजनीति सामाजिक क्षेत्रमा पनि लागेको तर अहिले कुनै जिम्मेवारीमा नरहेको जनाए । आफ्नो अध्ययन औद्योगिक क्षेत्र रहेको,  मास्टर डिग्री गर्दा श्रमिकको विषयमा थेसिस गरेको जनाउँदै श्रमिक व्यवस्थापन र समस्याका बारेमा आफूले विगतमा धेरै अनुसन्धान गरेको उल्लेख गरे ।

श्रमिकका बारेमा आफूलाई ज्ञान र अनुभव रहेको बताउँदै उनले विराटनगर जुट मिलको पुनर्संरचनाको लागि ६ महिना लागिपरेर त्यसको प्रतिवेदन पनि नेपाल सरकारलाई बुझाएको उल्लेख गरे ।

उनले भने,‘मैले करिब ६ महिना जुटमिलमा श्रमिकसँग बिताएकाले श्रमिकका समस्या बुझ्छु । त्यसकारण मेरो ज्ञान, बुद्धि, विवेक र क्षमताले भ्याएसम्म श्रमिकको पक्षमा काम गर्छु । त्यहाँ जानुभएका पूर्वराजदूतले पूरा समय सुत्न नपाउँदा मधुमेह भएर औषधी खानुपर्छ भन्नुहुन्थ्यो । मलाई डर पनि देखाउनुभएको थियो उहाँले । तर म त्यहाँ गएर जस्तो समस्या परेपनि गर्छु । श्रमिकहरूका कार्यस्थलका समस्याका कुराहरू आए, तलबका कुरा आए । त्यहाँ श्रमिकको न्यूनतम तलब १ हजार रियाल, ५ सय रुपैयाँ आवासका लागि र ३ सय रियाल खाना खर्च भनेर दिने गरेको रहेछ । यसलाई नेपालीमा रूपान्तरमा गर्दा तुलनात्मक रूपमा कम नै हो ।’

कतारले आफ्ना नागरिकले काम गर्दा जति पाउँछन् त्यही अनुसार सेवा सुविधा दिने भनेको तर पनि त्यो नपाएकोले त्यसलाई संशोधनका लागि प्रयास गर्ने जनाए । प्रस्तावित राजदूत पौडेलले कतारमा यदि महिला कामदारलाई घरेलु कामदारको रूपमा जान अनुमति दिने हो भने कति घण्टा समय काम दिने हो तोकिनेपर्ने जनाए ।

महिलाहरूलाई फोन समेत नदिने गरेको, उनीहरूको शारीरिक र मानसिक सुरक्षालाई सम्बोधन गर्ने हो भने महिला श्रमिकका लागि पहल गर्ने उनले जनाए।  यस्तै दक्ष मजदुर नभएका कारण समस्या रहेको उनले जनाए । उनले भने,‘श्रमिकको फिर्ती सवारीको विषयमा, बल हाम्रो कोर्टमा छ कि त्यो देशको कोर्टमा छ, त्यो समस्या छ । धेरैजसो उनीहरूले के भन्छन् भने तपाईँहरू बिना सूचना जाने, सिधै गाउँको एउटा मजदुरलाई यहाँ पठाउनुहुन्छ । उनीहरूलाई समस्या आउँछ, त्यसको समाधान हामीले भन्दा पनि तपाईँहरूले  अर्थात् आफ्नो देशले गर्नुपर्छ, त्यो कुरामा ध्यान दिनुस् भनेर उल्टै हामीलाई अर्ति उपदेश दिएका घटनाहरू पनि भए । यसका लागि हाम्रो श्रम मन्त्रालय, त्यहाँ रहेका श्रम सहचारीहरूले पनि यो कुरामा बढी ध्यान दिनुपर्छ, स्पष्ट दृष्टिकोण अनुसार काम गर्नुपर्छ । त्यो कुरामा मेरो कमी रहँदैन भन्ने कुरामा प्रतिबद्धता व्यक्त गर्दछु ।’

अनले आफ्नो जिम्मेवारीमा इरान पनि रहेको बताउँदै इरान र कतार दुवै सम्भ्रान्त देश रहेकोले ती देशसँग व्यापार बढाउन सके लाभदायक हुने तर हिमाली देशबाट विमानमा सामान लगेर ती देशमा व्यापार गर्नु चुनौतीपूर्ण  रहेको जनाए । आफूले त्यहाँको बजारको अवस्था, माग के छ त्यसको अनुसन्धान गरेर व्यापार बढाउनका लागि पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

यो पनि पढ्नुहोस्

रवि र  बालेन्द्र चुनावी अभियानमा निस्किने

प्रम बालेन र रास्वपाका सभापतिकाे तस्बिर पोस्ट गर्नेले पुरस्कार पाउने

६ घण्टा अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीको योग्यता उपसभापतिका लागि नपुगेको देखियाे

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काेचकाे विवादास्पद अभिव्यक्तिप्रति एफपीएफकाे असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक