मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रहरी प्रमुखको जिब्रो थुत्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रहरी प्रमुखको जिब्रो थुत्नुपर्छ : सञ्चारमन्त्री गुरुङ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा । नेपाल सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी प्रमुखको जिब्रो थुत्नुपर्ने जनाएका छन् । सङ्घीय प्रहरी ऐन लागू गर्दिनँ भनेर प्रहरी प्रमुखले भनेको भन्दै उनको जिब्रो थुत्नुपर्ने गुरुङको भनाई छ ।

‘मैले यहाँ हुँदा (मुख्यमन्त्री हुँदा) आफ्नो प्रहरी र कर्मचारी प्रशासन नभएको सरकार सरकार नै हुँदो रहेनछ । यो व्यवहारले पुष्टि भैसकेको छ,’ उनले भने, ‘यो वर्ष सङ्घीय निजामती ऐन र सङ्घीय प्रहरी ऐन लन्च गर्ने तयारी छ । त्यसलाई अवरोध गर्ने त्यही सेक्टरको मान्छेबाट भइरहेको छ ।  अहिले प्रहरीको आइजीपीले यो कानुन मान्दिन भनिरहेका छन् । त्यस्तो बोल्न पाउने कि नपाउने ? उनको जिब्रो थुत्नुपर्थ्यो मैले भन्दाखेरि । उनले त्यसरी बोल्न पाउँदैनन् नि ।’

उनले निजामती ऐनमा समेत सबैभन्दा बढी कर्मचारीबाटै ‘डिवेट’ भइरहेको जनाए ।  अर्को प्रसङ्गमा गुरुङले देशैभर नयाँ समीकरणको सरकार बनिसकेको अवस्थामा गण्डकीमा ‘हाडीगाउँको जात्रा’ भइरहेको टिप्पणी गरेका छन् ।

‘कहीँ नभएको जात्रा हाडीगाउँमा भन्थे, अहिले कहीँ नभएको जात्रा गण्डकीमा भइरहेको छ । माथि समीकरण फेरिए पछि तल पनि फेरिनुपर्छ,’ उनले भने, ‘मुख्यमन्त्रीले दुःखमा साथ दिएको भएर मन्त्री राखिराख्छु भन्नलाई उहाँको निजी शासन हो र ? प्राइभेट कम्पनी चलाएको त होइन होला नि । उहाँले अराजनीतिक काम गर्नुभएको छ ।’

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिँदा मत दिएका माओवादीको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाइराख्ने अडान लिएका छन् ।

पाण्डेको सोही अडानलाई पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङले गलत भनेर टिप्पणी गरेका हुन् । गत १७ असारको मध्यराति ओली–देउवाबिचको सहमतिमा ओली ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । तर, गण्डकीमा एमाले सरकारमा गइसकेको छैन ।

यदि २ जनालाई मन्त्री राखिराख्ने भए कांग्रेसले आफ्नै कोटामा राख्नुपर्ने उनको भनाई छ । ‘सात वटा भन्दा धेरै मन्त्रालय नबनाऊ भनेको छ । दुई वटा दलका नेताबिच सहमति हुनुपर्यो नि । दुःखमा साथ दिएकै भन्ने लागेको छ भने आफ्नो भागमा रहेको मन्त्रालय दिए हुन्छ,’ अघि भने, ‘उहाँहरूलाई सरकारमा राख्दा राजनीतिक रूपमा हामी गलत हो भन्छौँ । तर आफ्नै सिटमा मिलाउँछु भन्नुहुन्छ भने एमालेको धेरै टाउको दुखाई छैन ।’

प्रेस चौतारी नेपाल गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले टीआरसी विधेयक पास भएकोले अहिलेको गठबन्धन लामो समय टिक्ने आधार बलियो बनेको बताए । अहिलेको गठबन्धन ८४ को चुनावसम्मै जाने उनले दाबी गरे । ‘टीआरसी विधेयक आउनु ‘माइल स्टोन’ हो,’ उनले भने, ‘२०६२/०६३ देखि अल्झिएको यो समस्या समाधान भयो । सरकार टिक्ने आधार पनि यहि हो ।’

यो पनि पढ्नुहोस्

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा

२ घण्टा अगाडि
सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने

सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काेचकाे विवादास्पद अभिव्यक्तिप्रति एफपीएफकाे असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक