मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

पार्टी सचिवालयमा ओलीको ब्रिफिङ : सरकार र एमालेमाथि चौतर्फी आक्रमण हुन थाल्यो

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पार्टी सचिवालयमा ओलीको ब्रिफिङ : सरकार र एमालेमाथि चौतर्फी आक्रमण हुन थाल्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र एमालेमाथि चौतर्फी आक्रमणको प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गर्नुपर्ने अवस्था आएको ‘ब्रिफिङ’ पार्टी सचिवालयमा गरेका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको छोटो समयमै ‘विभिन्न अराजकतावादी तत्त्व’ ले सरकार र पार्टी नेतृत्वको चरित्रहत्या गर्न थालेको जनाउँदै उनले सतर्कता अपनाउन सचिवालय सदस्यहरूलाई आग्रह पनि गरेका छन् ।

एमाले केन्द्रीय कार्यालय च्याँसल, ललितपुरमा बिहीबार बसेको सचिवालय बैठकमा ओलीले मुलुकमा अराजकता सृजना गरेर फाइदा लिन केही राजनीतिक दल र अराजकतावादी शक्ति सक्रिय रहेको बताए ।

‘नेतृत्वको चरित्रहत्या गर्ने, सरकारमाथि आक्रमण गर्ने र मुलुकमा अराजकता फैलाउने शक्तिहरू सक्रिय छन्,’ प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘त्यस्ता अराजक गतिविधि नियन्त्रण गर्न सरकार सजग नै छ र पार्टीका तर्फबाट पनि सचेतता अपनाउन आवश्यक छ । त्यस्ता गतिविधिको प्रतिवाद गर्न जरुरी छ ।’

गौरा पर्वको अवसरमा सोमबार टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी भएको थियो । त्यस्ता घटना अरु ठाउँमा दोहोरिन सक्ने भन्दै बैठकमा ओलीले पार्टी नेतृत्वलाई सजग गराएका छन् । कांग्रेस–एमाले गठबन्धन सरकारले राम्रो सुरुवात गर्न खोजेको ओलीको भनाइ थियो । सरकार अघि बढ्न कुनै समस्या नभएको उल्लेख गर्दै उनले आगामी दिनमा परिणाम निकाल्न सरकार सशक्त रूपमा प्रस्तुत हुने बताएका थिए ।

वर्तमान सरकार गठन भएपछि व्यावसायिक क्षेत्र र निजी क्षेत्र उत्साहित भएको, सेयर बजारमा चमक देखिएको निष्कर्ष सचिवालय बैठकले निकालेको छ । सरकारप्रति जनतामा आशा र भरोसा पैदा भएको पनि बैठकको ठहर छ । लामो समयदेखि अल्झिएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्बाट सर्वसम्मत पारित गराउन सफल भएकामा अध्यक्ष ओली नेतृत्वको सरकारलाई सचिवालयले प्रशंसा गरेको छ ।

सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदा पेस गरेका थिए । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार कार्ययोजनाको मस्यौदामा पार्टी संगठनलाई गतिशील बनाउने, सदस्यता वितरणलाई तीव्रता दिने, सदस्यता नवीकरण चुस्त बनाउने, केन्द्रदेखि स्थानीय तहसम्म नियमित बैठक गर्ने, प्रदेश र जिल्ला तहमा देखिएका अन्तरसंघर्ष र मतभेदलाई तुरुन्तै हल गर्नेलगायत विषय समेटिएका छन् । वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिन भदौ १८ र १९ मा पालिटब्युरो बैठक बोलाइएको गौतमले जानकारी दिए ।

बैठकले ११ जिल्लाको अधिवेशन गर्ने, पार्टी प्रवेश गराउने र जिम्मेवारी नपाएका नेतालाई तीन महिनाभित्र जिम्मेवारी दिने निर्णय गरेको छ ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार केन्द्रदेखि स्थानीय कमिटीसम्मले नेता तथा कार्यकर्ताको मूल्यांकन गर्ने, कमिटीहरू विधिअनुसार व्यवस्थित गर्ने, केन्द्रमा एउटा स्थायी पार्टी स्कुल र प्रदेशहरूमा सातवटा स्थायी पार्टी स्कुल सञ्चालन गर्ने निर्णय सचिवालय बैठकले गरेको छ ।

यो पनि पढ्नुहोस्

रवि र  बालेन्द्र चुनावी अभियानमा निस्किने

प्रम बालेन र रास्वपाका सभापतिकाे तस्बिर पोस्ट गर्नेले पुरस्कार पाउने

४ घण्टा अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीको योग्यता उपसभापतिका लागि नपुगेको देखियाे

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काेचकाे विवादास्पद अभिव्यक्तिप्रति एफपीएफकाे असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक