बिहि, अशोज २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

मेलमिलाप, निषेध र केपी शर्मा ओली

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

दक्षिण एसियाली राजनीतिमा हामीले भर्खरै बंगलादेशमा जनताले प्रधानमन्त्री शेख हसिनालाई लखेटेको देख्यौं । केही वर्षअघि श्रीलंकामा पनि जनता उर्लिएपछि राष्ट्रपति देश छोडेर भाग्न बाध्य भए । यस क्षेत्रमा राजनीतिक आक्रोशको पारो चढिरहँदा नेपाल पनि अछूतो हुने अवस्था छैन ।

नेपालमा राजनीतिक दलहरुको स्थापना तथा सक्रियताको साढे ७ दशकमा हुन बाँकी एउटै कुरा थियो । त्यो पनि गत सोमबार टुँडिखेलमा देखिएको छ । अरु बेला ताली, हुटिङ, समर्थनमा नाराहरु लागेको देखेर पुलकित हुने नेताहरुले पहिलो पटक विरोध र प्रदर्शनको सामना गर्नुपरेको छ । हेर्दा अप्रिय लागे पनि यस्तो घटना हुने सम्भावना बढ्दै गएको थियो । जनआक्रोशको अवस्था यस्तै रहे कतै बंगलादेश र श्रीलंकामा जसरी नेताहरु भाग्नुपर्ने दिन आउन सक्ने जोखिम पनि उत्तिकै छ ।

हुन त विगतमा नेताहरुलाई सार्वजनिक कार्यक्रममा नै जुत्ता प्रहार, आक्रमणका घटना नभएका होइनन् । यस्तो घटना हुनु निश्चय नै दुःखद हो । तर यस्तो अवस्था किन निम्तियो ? नेता, सरकारप्रति जनआक्रोश किन बढ्दै छ ? यसको समाधान के हो ? भन्नेबारे बेलैमा सोच्न नसके यो भन्दा झनै अप्रिय घटनाहरु जोखिम बढेको छ ।

टुँडिखेलमा आयोजित गौरा पर्व कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी थिए । यी दुवै नेता अहिले सत्ता गठबन्धनमा छन् । दुई ठूला दलहरुको गठबन्धन प्राकृतिक भने छैन । कांग्रेस र एमालेमा न विचार मिल्छ, न त सिद्धान्त, नीति र उद्देश्य नै । तर, सत्ता स्वार्थका कारण यी ठूला दल मिलेको अहिले आरोप लागिरहेको छ । राम्रो काम गर्छन् भने दलहरु मिल्नुलाई अन्यथा लिन मिल्दैन । तर भ्रष्टाचारलाई संरक्षण गर्ने सरकारको भित्रि मनसायले पनि यो गठबन्धनको आलोचना हुन थालेको हो । हुन पनि यो सरकारमा मन्त्री पदमा नै स्वार्थ बाझिने र विगतमा विभिन्न भ्रष्टाचार प्रकरणमा मुछिएकाहरु नै सहभागी भएकाले पनि सुरुवातदेखि नै सरकारको आलोचना भएको हो । प्रधानमन्त्री स्वयं पनि गिरिबन्धु जग्गा प्रकरणमा मुछिएका छन् । सरकार गठनपछि पनि विगतका भ्रष्टाचार प्रकरणमा अनुसन्धान, कारबाही ओझेलमा परेका छन् । कांग्रेस र एमाले सत्ता लम्ब्याउने प्रयासमा मात्र देखिन्छन् । यसले जनतामा भने निराशा बाहेक केही दिएको छैन ।

टुँडिखेलमा ओली र देउवाप्रति नारा लागेको छ । तर, यो विद्रोहको सानो झिल्कोलाई भने उनीहरुले बुझ्न सकेको देखिँदैन, जसरी तत्कालीन राजाले जनभावना बुझेका थिएनन् । त्यसको परिणाम के भयो हाम्रो आँखाअगाडि नै देखिएको छ । आफ्नो विरोध हुँदा भने नेताहरुले यसलाई समाज बिथोल्ने प्रयासको रुपमा जनाएका छन् । प्रधानमन्त्री ओली, जो पार्टीमा फरक मतलाई निषेध गर्दै आएका छन्, उनैले नेपालको संस्कृति मेलमिलापको रहेको दुहाइ दिएका छन् । ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भए पनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको जनाए । तर उनले के बुझ्न जरुरी छ भने फरक मतलाई निषेध गर्ने हो भने मेलमिलाप होइन, विद्रोहको झिल्का निस्कन्छ र पछि त्यही झिल्का ठूलो आगोको लप्कामा परिणत भएर आफैंलाई डढाउने खतरा रहन्छ ।

टुँडिखेलको घटनाबाट राज्यसँग नागरिकको अपेक्षा के रहेछ भनेर बुझ्नुपर्ने देखिन्छ । लोकतन्त्रमा नागरिकमा देखिएको गुनासो, विरोध र असन्तुष्टिलाई सुरक्षाकर्मी लगाएर निस्तेज गर्न सकिँदैन, गर्नु पनि हुँदैन । तर, राज्यले अनुगमन गरेर आमनागरिकको अपेक्षा के हो भनेर पहिचान गर्नुपर्छ । नत्र भने आक्रोश झनै बढ्ने देखिन्छ ।

हाल प्रधानमन्त्री रहेका ओली एमालेमा पनि फरक मतलाई निषेध गर्दै आएका छन् । यसले पार्टीमा पनि एक पक्ष असन्तुष्ट देखिन्छ । पार्टीलाई चलायमान गराउने वैचारिक बहसलाई निषेध गर्दै पार्टीमा एक व्यक्ति मात्र हावी हुने र तानाशाही प्रवृत्ति मौलाउने जोखिम छ । सरकारको पनि कामबारहीको बेलाबखतमा आलोचना हुन सक्छ । त्यसलाई पनि समाज भाँड्ने तत्व भनेर नजरअन्दाज गर्ने र समस्याको जडमा नपुग्ने हो भने त्यसले पनि सरकारलाई अन्ततः हानि पु¥याउने छ । यसलाई प्रधानमन्त्री ओली तथा सत्ता गठबन्धनले बुझ्न जरुरी छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

राष्ट्रसंघको महासभामा जान लागेका प्रधानमन्त्री बालेनलाई सुझाव

३ हप्ता अगाडि
चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

बलात्कार घटना र सजायमा हामी कहिले संवेदनशील बन्ने ?

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विजया दशमीको साइत सार्वजनिक

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरको घरमा छापा

इन्तरनेटबाट भाेटदिने व्यवस्था गर्नुपर्नेमा जाेड

कांग्रेशकाे निर्वाचनका लागि उम्मेदवारी प्रारम्भिक नामावली सार्वजनिक

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक