काठमाडौं। डेल्टा अटोकोर्प प्रालिले नाडा अटो शो २०२४ मा बहुप्रतिक्षित नयाँ अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कूटर सार्वजनिक गरेको छ।
अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कूटर नेपाली बजारमा १२५सीसी प्रिमियम स्कूटरहरूको वर्गमा सर्वाधिक लोकप्रिय स्कूटरहरू मध्ये एक हो।
युवावर्गको आकर्षणलाई ध्यानमा राख्दै डिजाईन गरिएको यो स्कूटरको नयाँ भेरिएण्टमा केही अपडेटहरू पनि गरिएको छ। स्कूटरमा सुरक्षालाई प्राथमकिता दिँदै २२० एमएमको भेन्टिलेटेड डिस्क लुब्रेकको अपडेटेड ब्रेकिङ सिस्टम समावेश गरिएको छ।
१२–इन्चको एलोय ह्वील्स र टेलिस्कोपिक फ्रन्ट फोर्क्स, साथै पछाडिको मोनोशक रहेको स्कूटरको मूल्य कम्पनीले तीन लाख २४ हजार नौ सय रुपैयाँ निर्धारण गरिएको छ।
स्कूटर सार्वजनिकको क्रममा कम्पनीले ‘सेभिङ्स एक्स्ट्राभागेन्जा स्किम’ पनि घोषणा गरेको छ। यो स्किममा अप्रिलिया वा भेस्पा स्कूटर बुक गर्ने ग्राहकहरूले १५ हजारदेखि ७५ हजारसम्मको छुट पाउन सक्नेछन्।
साथै, नाडा अटो शोकोे समयमा बुक गर्ने ग्राहकहरूले अनर २०० वा अनर २०० प्रो मोबाइल फोन खरिदमा पाँच प्रतिशतको छुट समेत पाउन सक्नेछन्।


