मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home पत्रपत्रिका

जंगलबाट बाहिर निस्कन थाले घाइते बाघ

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पाटेबाघको आक्रमणबाट एक जनाकाे ज्यान गयाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चितवन। पछिल्लो समय संरक्षित क्षेत्रका वयस्क बाघ घाइते अवस्थामा मानव बस्तीमा निस्कन थालेका छन् । विगतमा बुढा र अशक्त बाघ जङ्गलमा सिकार गर्न नसकेपछि मानव बस्तीमा निस्कने गर्थे तर पछिल्लो समय वयस्क बाघ नै घाइते अवस्थामा निकुञ्जबाहिर भेटिन थालेका छन् । तिनले मानव बस्तीनजिकका साना वनमा बस्ने र घरपालुवा जनावर र मानिसलाई आक्रमण गर्ने गरेको पाइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले जङ्गलमा बाघहरू जुधेर घाइते हुँदा मानव बस्तीतर्फ निस्किएको बताए । उनले भने, “वयस्क दुई बाघ एकआपसमा भेटिएपछि जुध्छन् । यसरी जुध्दा बलियोले कमजोरलाई मार्न सक्छ । कतिपय घाइते भएर लखेटिन्छन् । यसरी लखेटिएका बाघ निकुञ्जबाहिरका बस्तीमा आइरहेका छन् ।”

चितवन राष्ट्रिय निकुञ्जनजिकको प्रतापपुरका बलबहादुर राईको गोठमा गत बिहीबार बिहान भैँसीको आक्रमणबाट करिब छ वर्षको बाघ मर्‍यो । जङ्गलमा अर्को बाघसँग जुधेर शरीरभरि चोटैचोट भएको शिथिल अवस्थाको बाघले भैँसीलाई आक्रमण गर्न खोज्दा उल्टै भैँसीले आक्रमण गरेर बाघ म¥यो ।

पोस्टमार्टममा संलग्न रहेका निकुञ्जका पशु चिकित्सक डा श्रेष्ठले भने, “जङ्गलमै दुई बाघ जुधेर त्यो बाघलाई घाइते बनाएर लखेटेको रहेछ । बाघ सातरआठ दिनदेखि भोकै भएकाले शिथिल अवस्थामा रहेको र आहाराको खोजीमा भैँसीलाई आक्रमण गर्न गएका बेला बाघलाई उल्टै भैँसीले हानेर मारिदियो ।”

यस्तै भदौ ३ गते निकुञ्जकै पश्चिमी क्षेत्रमा पर्ने नवलपरासीको विनयीत्रिवेणीको बगुवनबाट करिब छ वर्षको बाघले स्थानीयका दुई वटा बाख्रा र एउटा भैँसीलाई आक्रमण गरेर मारेपछि निकुञ्जले त्यसलाई नियन्त्रणमा लिएको थियो । मकैबारीमा लुकेर बसेको सो बाघको पछाडि फिलामा चोट छ । निकुञ्जले यो बाघ पनि एकआपसमा जुधेर घाइते भएको जनाएको छ ।

नारायणगढ बजारमा गत साउन २१ गते भरतपुर–२ का ६० वर्षीय पशुपति श्रेष्ठलाई आक्रमण गर्ने पाँच वर्षको बाघलाई उद्धार गरी सौराहा लगियो । घाइते नभएको यो बाघलाई केही दिन सौराहामै राखेर पछि निकुञ्जमै छाडियो । यी त निकुञ्जवरपरका प्रतिनिधि घटना हुन् । आर्थिक वर्ष २०८०र८१ मा निकुञ्जले ११ वटा बाघको उद्धार गरेको छ । चालु आव २०८१र८२ को करिब एक महिनामै दुई वटा बाघको उद्धार भएको छ । यसरी उद्धार गरिएका अधिकांश बाघ कुनै न कुनै रूपमा घाइते छन् ।

यस्तै आव २०८०र८१ मा चितवनमा आठ वटा बाघ मरेका छन् भने २०८१र८२ मा बिहीबार मरेको बाघ पहिलो बाघ हो । उद्धार गरिएकामध्ये सौराहामा तीन, कसरामा दुई र देवनगरमा दुई गरी छ वटा बाघ चितवनमै थुनेर पालिएको छ । यस्ता समस्यामा परेर थुनेर पालिएका बाघ बर्दियामा चार र बाँकेमा एउटा छन् । निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै बासस्थानको अभावमा पनि बाघ एकआपसमा जुध्ने गरेको बताइन्छ ।

वन्यजन्तुविद् डा बाबुराम लामिछाने बाघको सङ्ख्या बढेसँगै वयस्क बाघहरू जुध्न थालेको बताउनुहुन्छ । उनले भने, “बाघको सङ्ख्या बढेकै कारण एकआपसमा जुध्न थाले । यसरी बाघ जुध्नु भनेको कि त निकुञ्जमा आहाराको कमी भयो कि त बासस्थान सानो भयो भन्ने बुझ्नु पर्छ ।”

सन् २०२२ को गणना अनुसार नेपालमा ३५५ बाघ छन्, जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १२८ बाघ छन् । यसअघिको सन् २०१८ को गणना अनुसार चितवनमा ९३ वटा मात्रै बाघ थिए । बाघको सङ्ख्या बढे पनि ९५३ वर्ग किलोमिटरमा फैलिएको निकुञ्ज र ७५० वर्ग मिटर फैलिएको मध्यवर्ती क्षेत्रको वन क्षेत्र भने बढ्न सकेको छैन । एक अध्ययन अनुसार बाघको पोथीले १५ देखि ४० वर्ग किलोमिटर र भालेले २५ देखि ६० वर्ग किलोमिटर आफ्नो कार्यक्षेत्र बनाउने गर्दछ । आफ्नो कार्यक्षेत्रमा अन्य बाघ आए उनीहरू एकआपसमा जुध्ने गर्छन् ।   गोरखापत्र दैनिक

यो पनि पढ्नुहोस्

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

२ महिना अगाडि
हटाइयो हुलाक टिकटको प्रचलन

हटाइयो हुलाक टिकटको प्रचलन

५ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुद्राको विनिमयदर सार्वजनिक

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

क्यान महासंघमा नेतृत्व परिवर्तन

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक