शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कांग्रेसमा खट्पटी, देउवाले बैठक बोलाए !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
कांग्रेसमा खट्पटी, देउवाले बैठक बोलाए !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाएका छन् । सभापति देउवाले मंगलबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा छलफलका लागि महामन्त्रीद्वयलाई बोलाएका हुन् ।

सभापति देउवा निकट एक नेताले दिएको जानकारी अनुसार बिहान ११ बजेका लागि देउवाले छलफलमा महामन्त्रीद्वय सहित उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाएका छन् । केन्द्रीय समिति बैठकमा प्रस्तुत महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति जुटाउनका लागि छलफल बोलाइएको ती नेताले जानकारी दिए ।
‘विश्वजीको एक्जी पोलीसी र निर्वाचन अघिको गठबन्धनको विषयमा छलफल हुनेछ । सभापतिज्यूले यसलाई परिमार्जन गराउन छलफल बोलाउनुभएको हो‚’ देउवा निकट नेताले भने । महामन्त्रीद्वयसँग छलफल सकेपश्चात् देउवाले पदाधिकारी बैठक बोलाउने तयारी गरेका छन् । ‘पहिला महामन्त्रीसँग छलफल सकेर पदाधिकारी बस्ने भन्नुभएको थियो । सायद त्यस्तै हुन्छ होला‚’ ती नेताले भने ।

कांग्रेसले भदौ १२ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । महामन्त्री विश्वप्रकाश शर्माले ल्याएको एक पटक राष्ट्रपति‚ २ पटक प्रधानमन्त्री‚ ३ पटक मन्त्री र ४ पटक सांसदको प्रस्तावलाई संस्थापन पक्ष र इतर समूहका नेताहरूले पनि रुचाएका छैनन् । यस्तै अर्का महामन्त्री गगनकुमार थापाले कांग्रेसले रूखमा भोट हाल्न पाउने ग्यारेन्टी सहितको प्रस्तावमा पनि संस्थापन पक्षले आपत्ति जनाएका छन् ।

यी दुई विषयमा विवाद हुँदा साउन साउन २३ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक साउन २८ देखि भदौ ७ गतेसम्म बैठक स्थगन भएको थियो । भदौ ७ मा बसेको बैठकमा पनि सहमति नजुटेपछि १२ गते सम्मका लागि बैठक स्थगन गरिएको थियो । बैठक बस्नु अगावै सहमतिको प्रयासमा सभापति देउवा जुटेका हुन् ।

कांग्रेसले केही समय अघि ललितपुरको गोदावरीमा आयोजना गरेको महासमिति बैठकको प्रस्ताव पास गराउन अहिले केन्द्रीय समिति बैठक बोलाएको हो । तर‚ विवादका कारण महासमितिमा प्रस्तुत प्रतिवेदनहरू पारित हुन सकेका छैनन् ।

महाससमितिमा उपसभापति खड्काले नीति प्रस्ताव‚ महामन्त्री थापाले सांगठनिक प्रस्ताव, महामन्त्री शर्माले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यी प्रतिवेदनहरू पास भएका छैनन् ।

महासमितिमा पनि एक्जीट पोलीसी र चुनाव अघिको गठबन्धनमा विवाद हुँदा केन्द्रीय समितिले प्रतिवेदन पारित गर्नेगरी बैठक समापन भएको थियो । सोही विषय केन्द्रीय समितिमा पनि विवादमा परेको हो ।

यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद्को बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी

१ दिन अगाडि
महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

आज सुनको मूल्य बढ्याे

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

नेपालको मौलिक संस्कार–संस्कृतिमाथि विदेशी हस्तक्षेप रोक्नुपर्छः ओम पाथीभरा माता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक