काठमाडौं । विश्व टेलिग्रामका सीईयो पावेल फ्रान्समा पक्राउ टेलिग्रामका कार्यकारी निर्देशक पावेल डुरोवलाई गएराति फ्रान्समा पक्राउ गरिएको छ। उनलाई फ्रान्सको राजधानी पेरिसको बर्गेट एअरपोर्टमा प्रहरीले पक्राउ गरेको हो। उनी अजरबैजानको बाकूबाट एअरपोर्टमा आफ्नो निजी विमानमा उत्रिएका थिए। उनलाई आज एक केशका बारेमा अदालतमा उपस्थित हुनुथियो। यद्दपि टेलिग्रामले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
फ्रान्सका प्रहरी अधिकारीले पक्राउ गरिएको पुष्टि गरेका छन्। यता रुसको ब्लगर्स पावेलको पक्राउलाई लिएर आक्रोशित बनेका छन्। उनीहरुले आइतबार फ्रान्सेली दूतावासबाहिर विरोध प्रदर्शन गरेका छन्।


