मङ्ल, अशोज १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

महिला भएकै कारण असुरक्षित हुनुपर्ने किन ? 

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
छोरीलाई दाइजो हैन शिक्षा, आफ्नै भनाइ कार्यान्वयन गर्ने ठाउँमा ओली !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
-जानकी पाण्डे,
भारतमा एक महिलामाथि हालै एउटा डरलाग्दो घटना भयो । कोलकाताको आरजी कर अस्पतालकी ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भएको थियो । ती चिकित्सकको शव आरजी कर मेडिकल कलेजको सेमिनार हलमा अर्धनग्न र चोटपटक लागेको अवस्थामा फेला परेको थियो । अस्पताल स्रोतका अनुसार ती महिला चिकित्सक आफ्नो ड्युटी सकेर आराम गर्न गएकी थिइन् । घटनाको विरोधमा भारतको कोलकाता, नयाँदिल्ली, हैदराबाद, मुम्बई, पूणे, लखनऊ, अहमदाबाद, गुहावटी, चेन्नई प्रयागराज लगायतका सहरहरूमा पनि विरोध प्रदर्शन गरिएको छ । तीमध्ये अधिकांश प्रदर्शनको नेतृत्व चिकित्सकहरूले गरेका छन् । चिकित्सकहरुले स्वास्थ्य सेवाकर्मीलाई हिंसाबाट जोगाउन केन्द्रीय सुरक्षा ऐन लागू गर्न माग गरिरहेका छन् । हत्याको विरोधमा नेपालमा पनि प्रदर्शन गरिएको छ । वैज्ञानिक समाजवादी विद्यार्थी र महिला संगठनले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो । नेपालमा महिलामाथिका यस्ता घटना थुप्रै छन् । निर्मला हत्याकाण्ड यस्तै एउटा उदाहरण हो । निर्मलाको बलात्कारपछि हत्या भएको यतिका वर्ष पुगे पनि अपराधमा संलग्नको अझै पहिचान र कारबाही हुन सकेको छैन । यस्तै, धनुषाको मिथिला बिहारी नगरपालिका–३ घर भई जनकपुर उपमहानगरपालिका–९, थापाचोक बस्ने २३ वर्षीया आरतीकुमारी साहको दाइजोको निहुँमा २०८० साल जेठ ७ मा हत्या भयो । पीडित पक्षको उजुरीका आधारमा हत्या आरोपमा प्रहरीले आरतीका ३२ वर्षीय पति मोतीबाबु साह र ससुरा ७० वर्षीय मदनमोहन साहलाई पक्राउ ग¥यो । यस्तै, रुपन्देहीको सैनामैना नगरपालिका–१० की १४ वर्षीया बालिकालाई झारफुकको बहानामा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सैनामैना–१० की २२ वर्षीया सोनिया रेश्मीलाई २०७९ फागुन २१ गते पक्राउ ग¥यो । आफूलाई माता बताउने सोनियाले पीडित बालिकालाई भुँइमा लडाएर घोप्टो पारी शरीरमाथि चढेर हातमा घन्टी बजाउँदै गालामा थप्पड हान्दै गरेको भिडिओ सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । अन्तर्राष्ट्रिय स्तरमा महिला दिवस मनाउन थालेकै ११४ वर्ष भइसक्यो। नेपालमै पनि २०१६ सालदेखि महिला दिवस मनाइँदै आएको छ । ६४ वर्षयता नेपालमा राजनीतिक परिवर्तनले फड्को मारेको छ । महिलाका पक्षमा थुप्रै कानून र सुधारका काम पनि भएका छन्। नेपालको संविधानमै महिला अधिकारको विषयलाई मौलिक हकका रूपमा समेटिएको छ भने नेपाल संयुक्त राष्ट्रसंघले जारी गरेको महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि–१९७९ को पक्षराष्ट्र समेत हो । यस्तै, महिलासँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय प्रावधानमा नेपालले प्रतिबद्धता पनि जनाएको छ । यति हुँदाहुँदै पनि महिलामाथिको हिंसा र चरम हिंसाका घटनामा कमी आउन सकेको छैन । महिलासँग सम्बन्धित कानूनी प्रावधान एवं राजनीतिक सहभागिताको अवस्थामा उल्लेख्य सुधार हुँदाहुँदै पनि नेपालका महिला विभिन्न खाले संरचनात्मक एवं लैंगिक हिंसाबाट पीडित हुँदै आएको तथ्यांकले देखाउँछ । किन महिलामाथि हिंसा घट्न सकेको छैन त ? महिला भएकै कारण किन असुरक्षित हुनुपर्ने त ? खासमा हाम्रो हुर्काइ नै महिलालाई निषेध र पुरुषलाई जेसुकै गर्न पाउने खुलापनबाट सुरु हुन्छ । तिमी महिला हो र तिमी पुरुष सरह शारीरिक र मानसिकरुपले बलियो होइन भन्ने मानसिकता सर्वप्रथम आमाबाट पहिले खुलेर महसुस गराइने र अहिले पूर्णरुपले नभए पनि कुनै न कुनै व्यवहारबाट तिमी छोरी भएर जन्म लिएकोले तिमी पुरुषसरह सम्पूर्णरुपमा सबल छैन है भन्ने मानसिकताबाट गुजरिनु पर्ने अवस्था छ । हाम्रो कानूनमा पनि महिला विरुद्धको हिंसा सम्बन्धी मुद्दाहरु भनी यी मुद्दाहरु उल्लेख भएको पाइन्छ, जस्तै अंश, माना चामल, विवाहसम्बन्धी, नाता कायम, करणीसम्बन्धी अपराध, जबर्जस्ती करणी र हाडनाता करणी, घरेलु हिंसा, गर्भपतन जातक हत्या, मानव बेचबिखन तथा ओसारपसार÷जीउ मास्ने बेच्ने र बोक्सी । महिलामाथि हुने जघन्य हिंसामध्ये महिला भएकै कारण जबर्जस्ती करणीको शिकार हुनुपर्ने अवस्था छ । जबर्जस्ती करणीको शिकार हुनुको पछाडि समाजले अश्लील कपडा लगाएर हिडेकी कारण, केटा साथीसंग अबेरसम्म बाहिर रहेको कारण, केटीको चरित्र नराम्रो भएकोले जस्ता आरोप लगाउँदै आएको छ । नेपाली समाजको सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तन, मानिसमा वृद्धि भएको चेतनास्तर, साक्षरतामा भएको वृद्धि, कानूनी तथा प्रशासनिक संयन्त्रमा गरिएको सुधारका प्रयासले महिला हिंसाका घटना प्रकाशमा ल्याउन मद्दत पुगेको बताइन्छ । तर कहिलेसम्म महिलाले हिंसा सहिरहनुपर्ने? यसको उत्तर राज्यसंयन्त्र सञ्चालकसँग होला कि नहोला ? महिला हिंसाका घटनालाई गम्भीर प्रकारको अपराधका रूपमा स्वीकार गरिए पनि महिला र पुरुषबीच रहेको असमान शक्ति सन्तुलन, महिलाको आर्थिक परनिर्भरता र कानूनको कमजोर कार्यान्वयन भइरहेसम्म यस किसिमका अपराधमा कमी आउँदैन । यद्यपि सरोकारवालाको संयुक्त प्रयास र कानूनको प्रभावकारी कार्यान्वयनले यस्ता घटनालाई न्यूनीकरण गर्न अवश्य सकिन्छ । गरीबी निवारण, महिला साक्षरता र महिलाहरुलाई नै केन्द्रमा राखेर आर्थिक सशक्तीकरणका कार्यक्रमलाई तत्कालै प्रभावकारी रूपमा अगाडि बढाउन सक्ने हो भने पुरुष प्रधान समाजको दुस्प्रभाव महिलाहरुमाथि कम हुने आशा गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रसंघको महासभामा जान लागेका प्रधानमन्त्री बालेनलाई सुझाव

२ हप्ता अगाडि
चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

बलात्कार घटना र सजायमा हामी कहिले संवेदनशील बन्ने ?

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आवासीय चिकित्सक फिर्ता बाेलाउन अनुराेध

पितृ तर्पण : वैदिक स्मृतिदेखि महालया र सोह्रश्राद्धसम्मको सनातन परम्परा

मन्त्रिपरिषद् बैठक आज बस्दै

मैदान पुग्नसमेत नपाउँदै खेल रद्द

भीआईपी तामझाम संस्कार अन्त्य गर्दै बालेन सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक