शुक्र, मंसिर १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालीको अपेक्षालाई मूर्त रूप दिन वर्तमान सरकार बनेको जिकिर

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
नेपालीको अपेक्षालाई मूर्त रूप दिन वर्तमान सरकार बनेको जिकिर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले अर्थतन्त्रमा रहेको मन्दीलाई चिर्न कार्यक्रमहरू बनाइरहेको जनाउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै उहाँले यस्तो जनाउनुभएको हो ।

उहाँले वर्तमान सरकारले मन्त्री अर्थतन्त्रलाई सबल बनाउन कार्यक्रमहरू बनाइरहेको जनाउनुभयो । उहाँले आम नेपालीको अपेक्षालाई मूर्त रूप दिन वर्तमान सरकार बनेको जिकिर गर्नुभयो । उहाँले देशको अर्थतन्त्रमा सुधार ल्याउन, सामाजिक रूपमा हुनुपर्ने काममा रहेका बाधा अड्चन हटाउन र देशमा सुशासन कायम गर्न सरकार लागिपरेको जनाउनुभयो । आफूहरू पदमा गएर झण्डा फरफराएर, आनन्द लिनका लागि राजनीतिमा नलागेको भन्दै देशको अवस्थालाई राम्रोसँग बुझेर भएका अप्ठ्यारा पन्छाएर जनतालाई राहत दिन अघि बढिरहेकोको उहाँको भनाइ छ  । उहाँले परिवर्तनको महसुस हुनेगरी काम गर्न सबैको सद्भाव आवश्यक रहेको जनाउनुभयो ।

उहाँले भन्नुभयो, “वर्तमान सरकारले खासगरी अर्थतन्त्रमा नैराश्यता मन्दी जस्तो भइरहेको थियो, त्यसलाई चिर्न, कार्यक्रम,नीतिहरु अघि बढाउने छौँ । त्यतिमात्रै नभईकन यो अहिलेको सरकार देशमा आफूले मिहिनेत गरेर काम गर्ने वातावरण बनाइदिन आम नेपालीको भनाइलाई मूर्त रूप दिन सरकारले सकेको प्रयास गरिरहेको छ । देशको अर्थतन्त्रमा सुधार ल्याउन पनि सामाजिक रूपमा हुनुपर्ने काममा बाधा अड्चन सबैलाई हटाउन, देशमा भइरहेको सुशासन हुने ठाउँमा हुन नसकेको त्यसलाई सुशासन महसुस गराउन यो भन्दा अगाडिको परिस्थितिमा जुन अवस्थामा गइरहेको थियो, त्यो भन्दा राम्रो गर्न यो सरकारले काम गर्छ ।”

कार्यक्रममा उपप्रधानमन्त्री सिंहले आफू जनताकै कारणले मन्त्री, उपप्रधानमन्त्री, माननीय बनेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “तर एउटा कुरा के ख्याल गर्नुस् भने प्रथम संविधान सभामा पनि पठाएको हो, त्यसमा संविधान नबनाई विघटन भयो, संविधान बन्दा त म उपप्रधानमन्त्री नै थिएँ नि । हामी पदमा गएर झण्डा फरफराएर, आनन्द लिनका लागि राजनीतिमा लागेका होइनौँ । देशको अवस्थालाई राम्रोसँग बुझेर त्यसलाई राम्रो गर्नका लागि, अप्ठ्यारा हटाएर, पन्छाएर जनतालाई राहत दिन अघि बढिरहेका छाैँ । परिवर्तनको महसुस हुनेगरी काम गर्न सबैको सद्भाव रहनेछ ।”

उपप्रधानमन्त्री सिंहले काठमाडौंको १ नम्बर निर्वाचन क्षेत्रको विकास निर्माणका काममा प्रभावकारीताका साथ अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । वर्तमान सरकार सरकार नै राम्रोसँग नटिक्ने जनताको गुनासोपछि संसद्को सबैभन्दा ठुलो दल कांग्रेस र एमाले मिलेर सरकार गठन गरेको जनाउनु भयो । वर्तमान सरकार वर्षौँसम्म चल्ने पनि जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

१२ घण्टा अगाडि
प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ४ बुँदे मागपत्र

प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ४ बुँदे मागपत्र

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पोखरा सहकारीका सञ्चालकहरू रकम फिर्ता गर्ने प्रतिबद्धता

विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था गर्न सनपाको माग

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

Historic Passage of Pakistan’s Minorities Rights Bill 2025

राजनीतिमा पुरानाको बिकल्प नयाँ !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक