झापा । मेचिनगर नगरपालिका-१३ कालिझोडास्थित सडकमा बिर्तामोडबाट चारआलीतर्फ आउँदै गरेको गरेको मे.६ प ८३२० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको मंगलबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


