वीरगञ्ज / लागुऔषधसहित वीरगञ्जबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका–७ बस्ने २१ वर्षीय अनिल पौडेल र सोही स्थानकी २० वर्षीय प्रेरणा पौडेल छन्।
वीरगञ्ज महानगरपालिका–१६ स्थित चेकजाँच गर्नेक्रममा भारतको रक्सौलबाट आउँदै गरेको दुबैजनालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले बोकेको झोलाबाट निट्राभेट टयाब्लेट दुई सय ९४ पिस बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता (डिएसपी) दिपक भारतीले जानकारी दिए। दुबैजनालाई लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको भारतीले बताए।