वीरगन्ज / दस किलो लागू औषध चरेस र प्रतिबन्धित भारतीय रुपैयाँसहित वीरगन्ज बाट तीन जना भारतिय नागरिक पक्राउ परेका छन्।
चरेससहित पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण रक्सौल वडा न. १ बडा परेउवा बस्ने ३५ बर्षका अनवर आलम र भारत मोतिहारी पूर्वी छतौनाका २२ बर्षका इम्तेयाज आलम रहेका छन् ।
वीरगञ्ज महानगरपालिका-१६ शकराचार्य गेट स्थित चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जादै गरेका दुबै जनाको साथबाट १० किलो चरेस बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले जानकारी दिए ।
पक्राउ परेका दुबै जनालाई लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको उनले बताए ।
यस्तै भारतीय प्रतिबन्धित नोट सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देश भारत पूर्वी चम्पारण बिहार जिल्ला मोतिहारी घोडासाहन बस्ने २९ बर्षका अनिल कुमार रहेका छन् ।
वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकमा चेकजाँच गर्दा रक्सौलबाट नेपाल आउदै गरेमा अनिलको साथबाट स्रोत खुल्न नसकेको प्रतिबन्धित भारु पाँच सय दरको चार सय ३८ थान गरी दुई लाख १९ हजार बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।


