मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

बिमस्टेकमा भाग लिन बैंकक जाँदै प्रधानमन्त्री ओली

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
प्रधानमन्त्री ओलीले पुष्पलाल श्रेष्ठप्रति श्रद्धा व्यक्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को थाइल्यान्डमा हुने छैटौं शिखर सम्मेलनबाट प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश यात्रा सुरु हुने भएको छ । बिमस्टेकमा भाग लिन बैंकक जाँदै प्रधानमन्त्री ओली चौथो पटक प्रधानमन्त्री भएका ओलीले यस पटक छिमेकी मुलुकभन्दा पनि बहुपक्षीय फोरमबाट आफ्नो विदेश यात्रा थाल्ने भएका हुन् । बिमस्टेकको सम्मेलन भदौ १८ र १९ मा थाइल्यान्डको राजधानी बैंककमा हुँदै छ । प्रधानमन्त्री ओलीले बिमस्टेकको शिखर सम्मेलनमा सहभागी हुने गरी परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ ।

‘हामीलाई प्रधानमन्त्रीले नै शिखर सम्मेलनमा सहभागिता जनाउने भनिएको छ । त्यहीअनुसार गृहकार्य भइरहेको छ,’ परराष्ट्र स्रोतले भन्यो । सम्मेलनमा सरकार प्रमुख वा राष्ट्र प्रमुखले भदौ १९ मा सम्बोधन गर्ने तालिका छ । भ्रमणका क्रममा ओलीले बैंककमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइनमा द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र स्रोतले जनाएको छ । ‘साइडलाइन भेटवार्ताका लागि पनि परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ ।

त्यसमा भारतका प्रधानमन्त्री मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र अन्य मुलुकका सरकार र राष्ट्र प्रमुखहरूसँग साइडलाइनमा भेटवार्ता गर्न गृहकार्य भइरहेको छ,’ परराष्ट्र स्रोतले भन्यो । ओलीले पहिलो (२०७२) र दोस्रो पटक (२०७४) प्रधानमन्त्री हुँदा भारतबाटै विदेश यात्रा थालेका थिए । २०७८ मा तेस्रो पटक प्रधानमन्त्री नियुक्ति भएका बेला भने उनले कुनै मुलुकको भ्रमण गरेनन् । उनी त्यति बेला तीन महिना मात्र प्रधानमन्त्री भएका थिए । सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा नेपाल सन् २००४ मा सदस्य बनेको थियो । बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । बिमस्टेकले स्थापनाको २६ वर्षमा सन् २०२२ मा बडापत्र (चार्टर) ल्याएको थियो । बिमस्टेकमा सार्कमा रहेका मुलुकहरू पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स सामेल छैनन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि अघि बढाइएको बिमस्टेक अहिलेसम्म विवाद नआएको पनि होइन । भारतको अगुवाइमा सन् २०१८ सेप्टेम्बरमा पुनेमा बिमस्टेकका सदस्य राष्ट्रहरूबीच संयुक्त सैनिक अभ्यास आयोजना गरिएको थियो । त्यसको विरोध भएपछि नेपालले उक्त अभ्यासमा सहभागिता जनाएन । थाइल्यान्डले पनि उक्त सैनिक अभ्यासमा भाग लिएन । सन् २०२२ डिसेम्बरमा दोस्रो पटक भएको सैनिक अभ्यासमा पनि नेपालले सहभागिता जनाएन ।

तर, नेपालबाट एक सैनिक पर्यवेक्षकका रूपमा सहभागी भए । सैनिक अभ्यासको तेस्रो संस्करण भने भएको छैन । प्रधानमन्त्री ओली बिमस्टेकबाट फर्केलगत्तै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क निस्कने छन् । परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्रीको न्युयोर्क यात्राका लागि पनि गृहकार्य भइरहेको छ । न्युयोर्कमा रहेको नेपालको स्थायी नियोगलाई पनि गृहकार्यका लागि परराष्ट्र मन्त्रालयले जानकारी दिइसकेको छ । महासभा भदौ २५ मा हुनेछ । महासभामा असोज ८ देखि १२ सम्म उच्चस्तरीय छलफल हुनेछ, जहाँ प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्नेछन् । यस पटक असोज ७ र ८ मा राष्ट्रसंघकै आयोजनामा ‘समिट अफ द फ्युचर’ कार्यक्रमसमेत हुने भएको छ । यसका लागि नेपालका प्रधानमन्त्रीलाई राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले निम्तो पठाइसकेका छन् ।

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

१६ घण्टा अगाडि
तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक