आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सीपी खेतानले गोर्खा ब्रुअरी र कार्ल्सबर्ग इन्डियाको सेयर १ खर्ब रुपैयाँमा बेचे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
सीपी खेतानले गोर्खा ब्रुअरी र कार्ल्सबर्ग इन्डियाको सेयर १ खर्ब रुपैयाँमा बेचे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

 काठमाडौं । खेतान समूहका सीपी खेतानले नेपालको गोर्खा ब्रुअरी र भारतको कार्ल्सबर्ग इन्डियाको सेयर १ खर्ब रुपैयाँ (७४ करोड ४० लाख अमेरिकी डलर) मा बेचेका छन् ।

सिंगापुरको कम्पनी सीएलएपीएल (सिंगापुर) होल्डिङ पीटीई लिमिटेडको ३३.३३ प्रतिशत सेयर कार्ल्सबर्ग साउथ एसिया पीटीई लिमिटेड (सीएसएपीएल) ले खरिद गरेको हो ।

सीएलएपीएल (सिंगापुर) होल्डिङ्सको ३३.३३ प्रतिशत सेयर सीपी खेतानसँग थियो । अब त्यो कम्पनीको सम्पूर्ण स्वामित्व कार्ल्सबर्ग साउथ एसियासँग हुनेछ । यो सेयर खरिद बिक्रीका विषयमा खेतान र कार्ल्सबर्गबीच लामो समयदेखि विवाद रहँदै आएको थियो ।

सीएलएपीएल (सिंगापुर) होल्डिङ्ससँग भारतको कार्ल्सबर्ग इन्डिया लिमेटेडको शतप्रतिशत सेयर स्वामित्व छ । त्यस्तै नेपालको गोर्खा ब्रुअरी प्रालिको ९० प्रतिशत सेयर पनि सोही कम्पनीसँग भएको विज्ञप्तिमा उल्लेख छ ।

गोर्खा ब्रुअरीको बाँकी १० प्रतिशत सेयरमध्ये ९.९४ प्रतिशत सयेर पनि कार्ल्सबर्ग साउथ एसियाले नै खरिद गर्ने सम्झौता भएको छ ।

यो सम्झौतापछि कार्ल्सबर्ग इन्डियाको शतप्रतिशत सेयर स्वामित्व र नेपालको ९९.९४ प्रतिशत स्वामित्व कार्ल्सबर्ग ग्रुपसँग हुने उसले जनाएको छ ।

यो सम्झौताअनुसारको कारोबार सन् २०२४ को अन्तिमसम्म परा हुने समेत बताइएको छ । तर, नेपालमा सरकारी अनुमति प्राप्त गर्नेलगायत सर्तहरू पूरा नभएको अवस्थामा त्यो अवधि लामो पनि हुनसक्ने जनाइएको छ ।

खरिद बिक्री सम्झौता कुल ७४ करोड ४० लाख अमेरिकी डलर (झण्डै १ खर्ब रुपैयाँ) बराबरको रहेको छ । तर, पछि कारोबार सम्पन्न हुँदा यो रकममा केही तलमाथि हुनसक्ने पनि बताइएको छ ।

कुल कारोबार रकममध्ये २० करोड ७० लाख डलर (करिब २७ अर्ब ८० करोड रुपैयाँ) कार्ल्सबर्ग समूहले नै राख्ने र कम्पनीहरूमा आउनसक्ने सम्भावित दावी त्यसैबाट भुक्तानी गर्ने जनाइएको छ । यो रकम सीपी खेतानले ३ देखि ५ वर्षपछि मात्रै प्राप्त गर्ने पनि जनाइएको छ ।

यो खरिद बिक्रीले कार्ल्सबर्ग इन्डिया र कार्ल्सबर्ग साउथ एसियाको खाता एकीकरणमा कुनै प्रभाव नपर्ने ग्रुपले जनाएको छ । तर, नेपालको खाता एकीकरण बाँकी रहेको र खेतान समूहको ९.९४ प्रतिशनत सेयर खरिद गरिसकेपछि त्यो पनि एकीकृत हुने जनाइएको छ ।

‘हामी हाम्रो साझेदारसँग एउटा सौहार्द्रपूर्ण समझदारीमा पुग्न सकेकोमा खुसी छौं । अब एसियाको दुई महत्त्वपूर्ण मुलुकको बजारमा हाम्रो पूर्ण नियन्त्रण स्थापित भएको छ,’ कार्ल्सबर्गका ग्रुप सीईओ ज्याकोब आरुप एन्डरसनले भने ।

भारतको बजार विस्तार गर्नु आफ्ना लागि निकै महत्त्वपूर्ण भएको र दीर्घकालीन लक्ष्य प्राप्तिका लागि लगानी विस्तार गर्ने पनि एन्डरसनले उल्लेख गरेका छन् ।

कार्ल्सबर्गको भारतको बियर बजारमा करिब १७ प्रतिशत हिस्सा छ भने नेपालमा ७० प्रतिशतभन्दा ठूलो बजार हिस्सा रहेको उसको दाबी छ ।

 

यो पनि पढ्नुहोस्

सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर काराेबार बढ्याे

४ दिन अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्से परिसुचक बढ्याे

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक