बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पर्यटन क्षेत्रकाे विकासका लागि नीतिगत सुधार गर्न मन्त्रालय तयार

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पर्यटन क्षेत्रकाे विकासका लागि  नीतिगत सुधार गर्न मन्त्रालय तयार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको नीतिगत सुधार गर्ने प्रतिवद्धता गरेका छन्। बुधबार पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार रहेको जनाएका हुन्।

यसका साथै पर्यटन बोर्डलाई प्रभावकारी ढंगले सञ्चालन गर्दै पर्यटनलाई चलायमान बनाउन निर्देशन दिए। नेपालमा पर्यटनको अथाह सम्भावना रहेको उल्लेख गर्दै उनले पर्यटनका लागि प्रकृतिले दिएको अद्दितीय सम्भावनाको सदुपयोग गर्दै नेपालको आर्थिक समृद्धिमा पर्यटनको योगदानलाई बढाउनु पर्नेमा जोड दिए। पर्यटन विकासका लागि सरकारको एकल प्रयास पर्याप्त नभएकोले नै सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरुप बोर्ड गठन गरिएको उल्लेख पर्यटनलाई थप चलायमान बनाउन अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति आवश्यक भएको जनाए।

‘बोर्डसंग नीतिगत , कार्यगत तथा, प्रवृतिगत सुधार एवं कर्मचारीको वृत्तिविकास लगायत थुप्रै विषय जोडिएका छन्। यसलाई समाधान गर्दै लैजानु पर्छ। समस्याका बीचमा पनि हामीसंग पर्यटनमा धेरै सम्भावनाहरु छन् त्यसलाई उजागर गर्न सक्नु पर्छ। व्यक्ति भन्दा पनि देशका लागि हामीले के गर्‍यौं भन्ने भावनाले काम गर्न सकेमो पर्यटनबाट हामीले धेरै लाभ लिन सक्छौं,’उनले भने। मन्त्रालयले बोर्डसंगै अन्य पर्यटन मन्त्रालयसंग सम्बन्धित निकायहरुलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर अध्ययन गरिरहेको जानकारी दिँदै मन्त्री पाण्डेले बोर्डले आयोजना गर्ने कार्यक्रमको औचित्य र प्रभावकारीलाई हेरेर नयाँ बजेट र कार्यक्रम बनाउनुपर्ने जनाए।

मन्त्रीलाई स्वागत गर्दै बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले नेपालको पर्यटन विकासको लागि गठित बोर्डको अवधारणा, भइरहेका गतिविधी तथा भावी कार्यक्रमबारे जानकारी दिए। उनले कतिपय नीतिगत समस्याको कारण बोर्डले विदेशका आयोजना गरिने कार्यक्रम गर्न नसकिरहेको जानकारी दिँदै नीतिगत तथा प्रकृयागत सहजीकरण हुनासाथ विदेशमा गरिने कार्यक्रमलाई थप प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै त्यसका लागि सहजीकरण गरिदिन मन्त्री समक्ष आग्रह गरे।

पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा गणेशप्रसाद पाण्डे, बोर्डका उपाध्यक्ष उपाध्यक्ष कमल सापकोटा, सदस्य सचिव मिलन देवकोटा,सदस्यहरु मदन आचार्य, ऋषि भण्डारी, र राजेन्द्र लामा तथा बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले मन्त्री पाण्डेलाई बुधबार पर्यटन बोर्डमा स्वागत गरेका थिए।

यो पनि पढ्नुहोस्

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

३ हप्ता अगाडि
विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ग्रेटर नेपालका अभियन्ता पक्राउ

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

मन्त्रिपरिषद् विस्तार जारी

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

 पाकिस्तानी र लेबनानी सशस्त्र सेनाका प्रमुखहरूबीच भेटवार्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक