काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यदल गठन गरेको छ।
बुधबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेको कार्यदल गठन गरेको हो।
कार्यदलले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको संख्या, नाम र मनोनयनबारे गृहकार्य गर्ने जनाएको छ। कार्यदलले सबै तय गरेपछि साउन १८ गते केन्द्रीय कमिटीको बैठक बस्नेछ। त्यही बैठकबाट केन्द्रीय कमिटी र केन्द्रीय आयोगको टुंगो लगाइने एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जनाए।


