मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कम्युनिस्ट पार्टीले सिद्धान्त र नीतिमा जोड दिन नसकेकोमा दुःख प्रकट

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
नेपालको राजनीति केवल पदमा लागि मात्रै केन्द्रित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले कम्युनिस्ट पार्टीले आफ्नो सिद्धान्त र नीतिमा जोड दिन नसकेकोमा दुःख प्रकट गरेका छन् ।

पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित प्रवचन गोष्ठीमा धारणा राख्दै नेता रावलले विपरीत सिद्धान्त भएका दलहरू मिलेर चुनाव लडेको देख्दा आफूलाई आश्चर्य लागेको जनाएका हुन् ।

नेता रावलले भने, ‘पुष्पलालले जहिले पनि सिद्धान्तमा जोड दिनुभयो । नीति प्रधान हो भन्नुभयो, तर आजकल के देख्छौँ हामी, संसदीय निर्वाचन हुन्छ, विपरीत सिद्धान्त भएका राजनीति दलहरू निर्वाचन एक भएको देख्छु ।’  ‘एउटा दलले एउटा चिन्ह लिएर जिन्दाबाद भन्छ, त्यसको सिद्धान्त के छ कम्युनिस्टलाई सिद्ध्याउने ।

अर्को दल कम्युनिस्ट पार्टी भन्छ, त्यो सिद्ध्याउन चाहनेलाई जिन्दाबाद भन्दै मत दिइरहेको हुन्छ । कति आश्चर्य छ,’ उनले थपे, ‘मैले देखेँ नेकपा एमाले जिन्दाबाद भोट केमा हलोमा ? नेपाली कांग्रेस जिन्दाबाद भोट केमा कलममा ? मैले बुझ्न सकिनँ यो राजनीति ।’

कम्युनिस्ट पार्टीलाई सिद्ध्याउनेसँग मिलेर समाजवाद नआउने उनको जिकिर थियो । उनले भने, ‘नेपालमा समाजवाद ल्याउने भनेको हो कि होइन ? कहाँ छ त्यो समाजवाद ? कुन बाटो ? त्यो राजमार्ग अगाडि कहाँ छ ?’ पुष्पलालले नेपालको स्वाधीनताको पक्षमा उभिएको स्मरण गर्दै आजको नेताहरू विदेशीसामु लम्पसार भएको जिकिर गरे ।

‘जुन बेला नेपालमा जहानियाँ राणा शासनमुनि निस्सासिरहेको थियो, त्यो बेलामा पुष्पलालले नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गरेर क्रान्तिको बाटोमा अगाडि लाग्नुपर्छ, संगठनात्मक शक्ति निर्माण गर्नुपर्छ भन्ने विचार अघि सारे ।

त्यति बेला पनि भारतीय कम्युनिस्ट पार्टीका केही नेताहरूले तपाईंले कम्युनिस्ट पार्टी किन छुट्टै बनाउनुपर्‍यो ? तपाईंले एउटा हाम्रो पार्टीको प्रान्तीय कमिटी पार्टी बनाउनुहोस्, विदेशमा नेपाल कम्युनिस्ट पार्टी भने पनि त्यसको विदेश सम्बन्ध हामी सञ्चालन गरिदिन्छौँ भनेर भनेका रहेछन् ।’

तर, पुष्पलालले आफूहरू स्वतन्त्र देश नेपालका मानिस भएको र देशको आन्दोलनले छुट्टै विशिष्टताको बाटोमा अघि बढ्नुपर्छ भनेको नेता रावलले स्मरण गरे । उनले भने, ‘आज विदेश भ्रमण गर्‍यो, त्यहीँ लम्पसार, कुनै देशको दोस्रो श्रेणीको राजदूतावासको कर्मचारी आयो, त्यहीँ लम्पसार पर्ने नेताहरूको प्रसङ्गमा यो सम्झाउन कति महत्त्वपूर्ण छ ।’

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

१३ घण्टा अगाडि
तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक